सामसङ ग्यालेक्सी एम ५४लाई चुपचाप ए५४को एम्पेड अप संस्करणको रूपमा आधिकारिक रूपमा सार्वजनिक गरियो

  • Technology Khabar | ९ चैत्र २०७९, बिहीबार
सामसङ ग्यालेक्सी एम ५४लाई चुपचाप ए५४को एम्पेड अप संस्करणको रूपमा आधिकारिक रूपमा सार्वजनिक गरियो

काठमाडौं ।

गत हप्ताको ग्यालेक्सी ए५४को घोषणासँगै बिहीबार सामसङले चुपचाप ग्यालेक्सी एम५४ मध्य पूर्वमा आधिकारिक रुपमा सार्वजनिक गरेको छ। उक्त नयाँ ग्यालेक्सी एम५४ ग्यालेक्सी ए५४ को एम्पेड अप पुनरावृत्ति जस्तो देखिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

ग्यालेक्सी एम ५४को स्पेक्सहरु
ग्यालेक्सी एम ५४मा ६.७ इन्चको १०८०ह२४०० १२० हर्ज सुपर एएमओएलईडी टचस्क्रिन समावेश गरिएको छ। साथै एक्सीनोस १३८० चिपसेटका साथै ८जीबीको र्याम र १२८÷२५६जीबीको एक्सपान्डेबल स्टोरेज फोनमा रहेको उल्लेख गरिएको छ। त्यसैगरी फोनमा ओआईएस सहितको १०८मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो शूटर रहेको उल्लेख गरिएको छ। ३२ मेगापिक्सेलको सेल्फी स्न्यापर र २५वाटको वायर्ड चार्जिङ सपोर्टको गर्ने ६,००० एमएएच ब्याट्री फोनमकमा समावेश गरिएको बताइएको छ।

ग्यालेक्सी एम ५४ एन्ड्रोइड १३ को साथ वान यूआई ५.१मा आधारित रहेको बताइएको छ। साथै फोनको अगाडि गोरिल्ला ग्लास ५ रहेको र अन्य सम्पूर्ण भागहरुमा प्लास्टिक रहेको उल्लेख गरिएको छ। ग्यालेक्सी एम ५४ गाढा निलो (डार्क ब्लू) र चाँदी (सिल्भर) गरि दुईओटा रङ्गहरुमा उपलबध हुने बताइएको छ।

त्यसैगरी ग्यालेक्सी ए५४को ६.४ इन्चको स्क्रिनको तुलनामा ग्यालेक्सी एम ५४मा ६.७ इन्चको ठूलो स्क्रिन समावेश गरिएको छ। ग्यालेक्सी ए५४मा ५० मेगापिक्सेलको उच्च रिजोल्युसनको मुख्य क्यामेरा, १२ मेगापिक्सेलका लो रिजोल्युसन अल्ट्रावाइड र ५ मेगापिक्सेलको लो–रिजोल्युसन म्याक्रो क्यामरा समावेश गरिएको बताइएको छ। साथै ग्यालेक्सी एम ५४मा ग्यालेक्सी ए५४को (५,००० एमएएच) भन्दा २० प्रतिशत ठूलो ब्याट्री (६,००० एमएएच) समावेश गरिएको बताइएको छ।

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...