काठमाडौं ।
चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो आठ महिनामा १६ अर्ब ६० करोड २ लाख ७३ हजार रुपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म उक्त रकम बराबरको १० लाख ९४ हजार ८८९ यूनिट स्मार्टफोन नेपाल भित्रिएको हो।
स्मार्टफोनको आयातबाट सरकारले ३ अर्ब ९ करोड ८५ लाख ३२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
माघ मसान्तसम्म १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ५ हजार १३५ यूनिट स्मार्टफोन नेपाल भित्रिएको हो।
फागुनमा मात्र १ अर्ब ८३ करोड १९ करोड २३ हजार रुपैयाँ बराबरको ८९ हजार ७५४ यूनिट स्मार्टफोन आयात भएको छ।
फागुन मसान्तसम्म नेपालमा ६६ ओटा मुलुकबाट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा आयात हुने स्मार्टफोन मध्ये अधिकतम दुई छिमेकी मुलुक चीन र भारतबाट आउने गरेको देखिन्छ।
चीनबाट सबैभन्दा धेरै १० अर्ब ७१ करोड ७८ लाख ९३ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ८४२ यूनिट स्मार्टफोन आयात भएको छ।
भारतबाट ४ अर्ब ६१ करोड ४४ लाख २१ हजार रुपैयाँ बराबरको ३ लाख १३ हजार ६३४ यूनिट स्मार्टफोन आयात भएको छ।
भियतनामबाट ७१ करोड ७८ लाख ८३ हजार रुपैयाँ बराबरको ६ हजार ३०० यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
यि तीन मुलुकबाट १६ अर्ब ५ करोड १ लाख ९७ हजार रुपैयाँ अर्थात ९६.६८ प्रतिशत स्मार्टफोन आयात भएको देखिन्छ।
बाँकी ६३ मुलुकबाट ५५ करोड ७६ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार