वानप्लस ११ स्पेसल एडिसनको टिजर सार्वजनिक

  • Technology Khabar | ९ चैत्र २०७९, बिहीबार
वानप्लस ११ स्पेसल एडिसनको टिजर सार्वजनिक

काठमाडौं ।

वानप्लस ११ को एक नयाँ विशेष संस्करण (स्पेसल एडिसन) वेईबोमा देखा परेको छ। उक्त वानप्लस ११ स्पेसल एडिसनको पहिलो ईमेज वानप्लस चीनका अध्यक्ष ली जीले साझा गरेको बताइएको छ। “अभूतपूर्व सामग्री र शिल्प कौशल फोनमा फिचर गरिएको हुनाले प्रत्येक मोबाइल फोन युनिक बनेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

वानप्लस ११ को उक्त आगामी विशेष संस्करण बृहस्पतिको तस्बिरको छेउमा देखा परेको हुनाले फोनको ब्याक डिजाइनमा केहि स्पेस–थीम हुन सक्ने सम्भावना रहेको बताइएको छ। भरपर्दो टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार वानप्लसले उक्त आगामी फोनको पछाडि विशेष सामग्री प्रयोग गरिरहेको भनी बताएको उल्लेख गरिएको छ। साथै टिपस्टरले वानप्लस ११ यस वर्षको सुरुमा एमडब्लूसी बार्सिलोनामा प्रदर्शन गरिएको र कन्सेप्ट फोन पनि नभएको पुष्टि गरेको उल्लेख गरिएको छ।

त्यसैगरी अन्य अफवाहहरू अनुसार आगामी डिभाइसमा (कलर सिफ्टिङ्ग प्रपरटिज) रङ्ग परिवर्तन गर्ने गुणहरू फिचर गरिने सम्भावना रहेको उल्लेख गरिएको छ। यद्यपी वानप्लस बाट अहिलेसम्म कुनै पनि आधिकारिक पुष्टिकरण नआएको हुनाले यस नयाँ वानप्लस ११ फोनको विस्तृत जानकारी प्राप्त गर्नको लागि वानप्लसकै थप सुरागहरू पर्खनु पर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...