
काठमाडौं ।
नवीनम एसएमएस सेवाहरू सञ्चालन गर्दै आएको स्प्यारो एसएमएसले आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदैछ। जानकी टेक्नोलोजी प्रालिद्वारा सन् २०१० मा स्प्यारो एसएमएस स्थापना भएको थियो।
१३ औं वार्षिकोत्सवको अवसरमा स्प्यारो एसएमएसका सीईओ मनोज थापाले ग्राहक र साझेदारहरूको सहयोगले १३ वर्षे यात्रा तय गरेको बताए।
‘हाम्रो लक्ष्य सधैं व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा उत्कृष्ट एसएमएस सेवाहरू उपलब्ध गराउनु रहेको छ,’ उनले भने, ‘हामी त्यो लक्ष्य हासिल गर्न सफल भएका छौं भन्न पाउँदा गर्व छौं।’
उनले स्प्यारो एसएमएस नेपालको सबैभन्दा ठूलो व्यवसायको सञ्चार माध्यम बन्ने लक्ष्य अनुसार काम गरिरहेको बताए।
कम्पनीले १३ औं वार्षिकोत्सवको अवसरमा अफर पनि ल्याएको छ। यस अफर अन्तर्गत १३ सय रूपैयाँमा १३ सय ओटा बल्क एसएमएस पठाउन सकिने एसएमएस प्याकेज उपलब्ध छ।
यो अफर मार्च २५ सम्म लागु हुनेछ। प्याकेजमा एसएमएस ड्यासबोर्ड, शतप्रतिशत डेलिभरी रेट, रोबस्ट रिपोर्टिङ र नो एक्सपायरी एसएमएस सुविधा छन्।
कम्पनीले आम जनता र व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाहरू सञ्चार तथा प्रचार गर्न एसएमएस सेवाहरू प्रदान गर्न मात्र नभएर अति संवेदनशील सन्देश जस्तैः ओटीपी कारोबार विवरण पनि सुरक्षित र अति शिघ्र माध्यमबाट एसएमएस सेवा दिइरहेको छ।
कम्पनीले एसएमएस बाहेक आफ्नो व्यवसाय विस्तार गर्न भाइबरसँग साझेदारी गरेको छ। नेपाली व्यवसायहरूलाई भाइबर बिजनेस म्यासेजिङ प्रदान गर्दे आएको छ, जसले अन्य देशहरूमा व्यवसाय प्रवर्द्धन गर्न प्रभावकारी र किफायती माध्यम साबित भईसकेको छ।
कम्पनीले भ्वाइस ब्रोडकास्टिङ तथा मिस कल मार्केटिङ सेवा पनि प्रदान गर्दै आएको छ। स्प्यारो एसएमएसले सधैं विश्व-स्तरीय सर्भरहरू, डाटा गोपनीयता, र किफायतीता कायम राखेको कम्पनीको भनाइ छ।
सन् २०२२ मा, जानकी टेक्नोलोजीलाई आईसिटी क्षेत्रमा नवीन अभ्यासहरू गरे वापतAwards of Excellence for Innovation in the emerging sectors of the province अवार्डद्वारा सम्मानित गरिएको थियो । स्प्यारो एसएमएसले मेक इन नेपाल अभियानसंग पनि सहकार्य गर्दै आएको छ, जसले स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरूलाई सशक्तिकरण र प्रवद्धन गर्ने नाराका साथ काम गरिरहेको जनाएको छ।
प्रकाशित: ६ चैत्र २०७९, सोमबार