
काठमाडौं ।
सामसङको ग्यालेक्सी एस२३ सिरिजसँग केही प्रभावशाली क्यामेरा हार्डवेयरहरु रहेको छ। साथै सामसङले अब आफ्ना प्रयोगकर्ताहरूको लागी भनेर क्यामेराको लाभ उठाउनको लागि एक जोडी एक्सेसरिज ल्याएको छ। सामसङले आफ्नो ग्याजेट कभर केससँग (कम्प्याटिबल) मिल्दो सामसङको आधिकारिक क्यामेरा ग्रिप र स्लिम ट्राइपड मोड्युलर एक्सेसरिज ल्याएको छ। स्लिम पारदर्शी सिलिकन केसको पछाडि एक विशेष अट्याचमेन्ट पोइन्ट रहेको र त्यसमार्फत विभिन्न एक्सेसरिजहरू स्वैप गर्न सकिने उल्लेख गरिएको छ।
नयाँ क्यामेरा ग्रिपमा डिट्याच्एबल ब्लुटुथ शटर बटनका साथै थप परम्परागत फोटो–स्न्यापिङ अनुभवको लागि ग्रिप एरिया समावेश गरिएको छ। ग्रिप एट्याचमेन्टको माउन्टमा हिडन (लुकेको) ट्राइपड पनि रहेको र यसले फोनलाई विभिन्न तरिकामा यो घुमाएर प्रोप गर्न सकिने उल्लेख गरिएको छ। साथै क्यामेरा ग्रिप एक्सेसरी सेतो रङ्गमा मात्रै आउने र सामसङको युके साइटमा मूल्य निर्धारण विवरण बिना नै सूचीकृत भइसकेको उल्लेख गरिएको छ।
त्यसैगरी सामसङको आधिकारिक स्लिम ट्राइपड स्ट्यान्ड मार्फत ग्यालेक्सी एस२३ डिभाइसलाई यसको तीनवटा मेटलको (धातु) खुट्टामा प्रोप अप गर्न सकिने बताइएको छ। साथै यस स्लिम ट्राइपडको खुट्टालाई समतल र विस्तारित गरि भ्लग ग्रिप एक्सेसरिजको रूपमा पनि प्रयोग गर्न सकिने बताइएको छ। स्लिम ट्राइपड स्ट्यान्ड सिल्भर कलरमा आउने र सामसङ युकेको आधिकारिक वेबसाइटमा ३४ पाउण्डमा सूचीबद्ध गरिएको बताइएको छ। उक्त सूचीबद्ध मूल्यमा नयाँ स्ट्यान्ड अट्याचमेन्टको लागि आवश्यक पर्ने सामसङ ग्रिप केस समावेश नभएको त्यसको मूल्य ४९ पाउण्ड (४५ डलर) पर्ने जीएसएमएरिनामा बताइएको छ।
प्रकाशित: ६ चैत्र २०७९, सोमबार