
काठमाडौं ।
क्वालकमले नयाँ स्न्यापड्रागन ७प्लस जेन २ अपर मिड–रेन्ज चिपसेट घोषणा गरेको छ। मौलिक स्न्यापड्रागन ७ जेन १ सिमित डिभाइसहरूमा मात्र रहेको थियो। तर अब उक्त अवस्थाहरुमा परिवर्तन आउने अपेक्षा गरिएको छ।
स्न्यापड्रागन ७प्लस जेन २ ले पर्याप्त कार्यसम्पादन र पावर दक्षतामा सुधारको प्रतिज्ञा गरेको छ। मुख्य क्रियो सीपीयू कोर २.९१ गीगाहर्जमा क्लक गरिएको र सम्पूर्ण १ प्लस ३ प्लस ४ सीपीयू प्याकेजले एसडी७ जेन १ को कार्यसम्पादनको तुलनामा ५० प्रतिशत जम्प प्रदान गर्ने उल्लेख गरिएको छ।
अर्कोतर्फ एउटा अज्ञात एड्रेनो जीपीयूले २ गुणा कार्यसम्पादन वृद्धि गरेको उल्लेख छ। विभिन्न परिदृश्यहरूमा १३ प्रतिशतको दक्षता लाभहरू सामान्य भन्दा अलि बढी रहेको बताइएको छ।
सामान्यतया क्वालकमको घोषणाहरूको मामलामा त्यहाँ कुनै विस्तृत विवरणहरू उपलब्ध नहुने भएकाले यस चिपसेटको हकमा पनि सीपीयू वा जीपीयू प्याकेजको कुनै विस्तृत विवरणहरू उपलब्ध नभएको उल्लेख गरिएको छ।
यद्यपी सिलिकनमा आधारित डिभाइसहरू यस महिनाको सुरुमा आइपुग्ने भएकाले विस्तृत विवरणहरूको बारेमा थाहा पाउनका लागि अब धेरै समय पर्खनु नपर्ने जीएसएमएरिनाले बताएको छ।
अन्य प्लेटफर्म सुविधाहरूमा अटो भेरिएबल रेट शेडिङ समावेश रहेको र यसले उच्च रिजोल्युसनमा फोरग्राउण्ड गेमिङ सिन्सहरू प्रस्तुत गर्नुका साथै पावर र स्रोतहरूको बचत गर्नको लागि लो–रिजोल्युसनमा ब्याकग्राउण्ड (पृष्ठभूमि) छोड्ने उल्लेख गरिएको छ। साथै स्न्यापड्रागन ८ जेन १ प्लेटफर्मसँग डेब्यु गरेको भोल्युममेट्रिक रेन्डरिङ पनि बोर्डमा रहेको छ।
त्यसैगरी आईएसपीले पनि बूस्ट प्राप्त गरेको छ। यसलाई १८–बिट ट्रिपल आईएसपीमा सुधारिएको लो–लाइट फोटोग्राफीको लागि ३० ईमेजहरुलाई एउटैमा स्ट्याक गरेर अपग्रेड गरिएको उल्लेख छ। यसले २०० एमपी सेन्सरहरू पनि सपोर्ट गर्नुका साथसाथै दुई क्यामराबाट ट्रिपल एक्सपोजरको साथ एचडीआर भिडियो क्याप्चर समर्थन गर्ने बताइएको छ।
एआई तर्फ क्वालकमको एआई इन्जिनले २ गुणा सुधारिएको कार्यसम्पादन र प्रति वाट ४० प्रताशित ब्याट्री सेभिङ्ग गर्ने छ।
कनेक्टिभिटीतर्फ स्न्यापड्रागन ७ प्लस जेन २ले ४.४ जीबीपीएस सम्म डाउनलोड भएको स्न्यापड्रागन एक्स६२ फाइभजी मोडेम–आरएफ प्रणाली प्रयोग गरेको बताइएको छ। साथै ७ सिरिजमा चल्ने फोनहरूले अन्ततः फोरजी/फाइभजी डुअल–सिम डुअल एक्टिभ (डीएसडीए) सुविधा प्रयोग गर्न सक्षम हुनेछ।
प्रकाशित: ४ चैत्र २०७९, शनिबार