
काठमाडौं ।
ईभी क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा जर्मन अटो जायन्ट फक्सवागनले बुधबार नयाँ बजेट विद्युतीय सवारीसाधन सार्वजनिक गरेको छ।
फ्रन्ट–ह्वील ड्राइभ र ४५० किलोमिटर (२८० माइल) सम्मको रेञ्ज (दायरा) रहेको आईडीडट २अल मोडल २०२५ मा युरोपेली बजारमा आउने र यसको मूल्य २५,००० यूरो (२६,३०० डलर) भन्दा कम हुने निर्माताले बताएको छ।
कम्पनीले २०२६ सम्ममा ल्याउने योजना बनाएको १० नयाँ विद्युतीय मोडलहरू मध्येको आईडीडट २ अल मोडल पनि एक भएको बताइएको छ। साथै कम्पनीले विद्युतीकरण र डिजिटलाइजेसनको लगानीलाई तीव्र रूपमा बढाउने थप उल्लेख गरिएको छ।
नयाँ मोडलहरूले “युरोपमा ८० प्रतिशत विद्युतीय कारको हिस्सा हासिल गर्ने” लक्ष्यका साथ “प्रतिस्पर्धीहरूको तुलनामा विद्युतीय सवारी साधनहरूको फराकिलो दायरा“ प्रदान गर्ने फक्सवागनले बताएको छ।
“विद्युतीय गतिशीलता जनतामा पुर्याउन हामीले परिवर्तनलाई गतिमा कार्यान्वयन गर्दैछौँ” भीडब्लू प्यासेन्जर कारका सीईओ थोमस शेफरले एक विज्ञप्तिमा भने।
यसले उच्च बिक्री मात्राको साथ हासिल गरेको “स्केलको अर्थव्यवस्था” मार्फत कम मूल्य बिन्दु कायम राख्न सक्ने फक्सवागनको निर्देशक बोर्डका सदस्य थोमस स्चमलले बताएका थिए।
कम्पनीले आगामी वर्षहरूमा विद्युतीय सवारीसाधनतर्फ १२२ अर्ब युरो लगानी गर्ने फक्सवागनले मंगलबार बताएको थियो।
साथै कम्पनीले प्रमुख बजार चीनमा पनि आफ्नो प्रतिस्पर्धा बढाउन चाहेको उल्लेख गरिएको छ। चिनियाँ बजारमा कम्पनी अमेरिकी प्रतिद्वन्द्वी टेस्ला र इलेक्ट्रिक कारका स्थानीय उत्पादकहरू भन्दा पछि परेको छ।
२०२२ मा, ब्याट्री–पावर्ड कारहरूले भीडब्लू समूहको डेलिभरीको रेकर्डमा सात प्रतिशतको लागि योगदान पुर्याएको र विश्वव्यापी रूपमा ५७२,००० युनिटहरू भन्दा बढी डेलिभरी गरेको थियो।
फक्सवागनले २०२३ मा आफ्नो कार बिक्रीमा लगभग १० प्रतिशतमा ईभी हुने अपेक्षा गरेको छ।
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार