
काठमाडौं ।
यो खबरले शाओमी प्रयोगकर्ताहरूलाई थोरै झट्का दिन सक्छ। कम्पनीको शाओमी ११ लाइट एनई फोन मोडल भारतमा विस्फोट भएको छ।
यो खबर छिमेकी देश भारतको बिहारबाट आएको हो जहाँ भागलपुर जिल्लाको मोहद्दीनगरका एक शाओमी मोबाइल फोन प्रयोगकर्ता सञ्जीव राजाको फोनबाट अचानक धुवाँ निस्कन थाल्यो र केही बेरमै फोन विस्फोट भएको ९१ मोबाइल्सले रिपोर्ट गरेको थियो।
उनले भने, “बिहान ८:३० बजेको थियो जब उनको फोन शाओमी ११ लाइट एनई बेडमा राखिएको थियो र सबैभन्दा ठूलो कुरा त्यो चार्जमा पनि थिएन। अर्कोतिर मेरो भाइ एउटै खाटमा सुतिरहेको थियो र म चिया बनाउन भान्सामा गएँ। त्यसपछि मेरो भाइले मलाई चर्को स्वरमा बोलाए र फोनबाट धुवाँ निस्किरहेको बताए र केही बेरमै यो फोन आवाजसँगै विस्फोट भयो र मेरो पूरै ओछ्यान जल्यो। हामीले यो सम्पूर्ण घटनालाई अर्को फोनबाट रेकर्ड गरेका छौं”
यससँगै फोन प्रयोगकर्ता सञ्जीवले इनभ्वाइस, मोडेल नम्बर, ईएमआई विवरण र फोनका केही फोटोहरू पनि सेयर गरेको बताईएको छ। उनले सो फोन २० डिसेम्बर २०२१ मा एमआईको अनलाइन स्टोरबाट खरिद गरेका थिए। यो खरिद सचिन पोद्दारको नाममा भएको थियो। जानकारीमा सचिन पोद्दार सञ्जीवका बुवा भएको र यो फोन उनकै नाममा अर्डर गरिएको थियो जुन उनले प्रयोग गर्दै आएका थिए।
सो फोन आगलागीमा फोनको कभर र ब्याक प्यानल पूर्ण रुपमा जलेको छ। र विस्फोट यति ठूलो थियो कि पर्दा समेत बाहिर निस्कियो। सञ्जीवले भिडियोमा देखाएअनुसार फोन जलेर सञ्जीवको ओछ्यान पनि पूरै जलेको रिपोर्टमा उल्लेख छ।
उता शाओमी इण्डियाले ग्राहक सुरक्षा कम्पनीका लागि अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै यो घट्नामा सो डिभाइसमा छेडछाड गरिएको बताएको छ। ब्याट्रीमा पंचर मार्कको कारणले क्षति भएको थियो र यस प्रकारको क्षतिलाई ‘ग्राहकले गरेको क्षति’ अन्तर्गत समेटिएको छ।
प्रकाशित: २ चैत्र २०७९, बिहीबार