कियाको रेट्रो फ्यूचरिस्टिक अल इलेक्ट्रिक इभी९ एसयूभी सार्वजनिक

  • Technology Khabar | २ चैत्र २०७९, बिहीबार
कियाको रेट्रो फ्यूचरिस्टिक अल इलेक्ट्रिक इभी९ एसयूभी सार्वजनिक

काठमाडौं ।

दक्षिण कोरियाली अटोमोटिभ ब्रान्ड कियाले आफ्नो इलेक्ट्रिक कारको पोर्टफोलिया विस्तार गर्ने क्रममा अल न्यू ईभी९ एसयूभी सार्वजनिक गरेको छ।

कियाले ईभी६ र ईभी६ जीटीलाई पछ्याउँलै ईभी९ प्रस्तुत गरेको हाइपबिस्टले उल्लेख गरेको छ।

फ्यूचरिस्टिक लुक्सको एसयूभीलाई ब्रान्डको ‘अपोजिट्स यूनाइटेड’ फिलोसोफीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

बक्सी र पोइन्टी डिजाइनको ईभी अफ रोडका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ। क्लियर कट लाइन, भर्टिकल लाइट, डिजिटल प्याटर्न लाइटिङ ग्रिल, स्टार म्याप, एलईडी डटाइम रनिङलाइटलगायत विशेषता छ।

कियाले इन्फोटेनमेन्ट सिस्टमका लागि१२.३ इन्चको टच स्क्रिन र ५ इन्चको ड्राइभर डिस्प्ले दिएको छ। दोस्रो पङ्क्तिका सिटहरु घुमाउन सकिन्छ। यसले लाउन्ज जस्तो वातावरण महसुस गराउने कम्पनीको दाबी छ।

किया ईभी६ मा रहेको ७७.४ किलोवाट आवरको ब्याट्रीले ३०० माइल रेञ्ज प्रदान गर्छ। कार विश्वव्यापी रुपमा मार्चको अन्यमा सार्वजनिक हुने विश्वास गरिएको छ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • २ चैत्र २०७९, बिहीबार
Desktop Popup ImageMobile Popup Image×