
काठमाडौं ।
क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले बागमती स्तरीय ‘आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एम बैंक’ आयोजना गर्न लागेको छ। यहि चैत्र २ गतेदेखि शुरु भइ ६ गतेसम्म रोयल पार्टी प्यालेसमा चल्ने यस प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
आइकन सफ्ट प्रालि मुख्य प्रायोजक तथा एम बैंक सहप्रायोजक रहेको उक्त प्रर्दशनीको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने बताईएको छ।
कार्यक्रममा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी गरिनेछ। पब्जी टिडिएम गेमिङ टुर्नामेन्टको लागि फागुन ३० गते मंगलबारसम्म रजिष्ट्रेसन खुला गरिनेछ। विभिन्न विद्यालयहरुको इन्नेभेटिभ ९नविनतम सिर्जना० हरुको समेत स्टल रहने बताईएको छ।
आयोजककाअनुसार प्रर्दशनीमा चैत्र ३ गते साइबर सुरक्षा सम्बन्धी सेमिनार, चैत्र ४ गते कृषि उत्पादन तथा प्रर्बद्धनका लागि डिजिटिलाइजेसन सेमिनार, र चैत्र ५ गते नेटवर्किङ्ग र सीसीटीभी सम्बन्धि सेमिनार हुने छ।
मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्प समेत चल्ने छ। यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको निमित्त मोबाइल एशोसिएसन अफ मकवानपुरद्धारा सञ्चालन गरिनेछ। माध्यमिक तहका विद्यालयहरुले शिक्षक प्रतिनिधी सहित कार्यक्रममा विद्यार्थीहरु सहभागि गराउन चाहेमा प्रवेशमा कुनै शुल्क नलाग्ने जनाएको छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार