स्पेसएक्स आफ्नो स्टारलिंक स्याटेलाइट–टु–सेल फोन सेवा परीक्षण गर्ने तयारीमा

Technology Khabar १ चैत्र २०७९, बुधबार

काठमाडौं ।

गत वर्षको गर्मी समयमा, इलन मस्क र टी–मोबाइलका सीईओ माइक सिभर्टले “कभरेज अवोभ एण्ड वियोन्ड,” को घोषणा गरेका थिए। स्टारलिंक स्याटेलाइट कभरेज कम्प्याटिबल टी–मोबाइल डिभाइसहरू ल्याउने उद्देश्यको साथ उक्त संयुक्त पहलको घोषणा गरिएको थियो। अब स्पेसएक्स आफ्नो स्याटेलाइट–टू–सेलुलर सर्भिस (सेवा) को परीक्षण सुरु गर्नको लागि तयारीमा लागेको छ।

स्याटेलाइट सम्मेलन र प्रदर्शनी २०२३ को एक प्यानलको दौरानमा स्टारलिंक इन्टरप्राइज सेल्स (बिक्री) का जोनाथन होफेलरले यस वर्ष कम्पनीले आफ्नो स्याटेलाईट–टु–सेल सर्भिसको परीक्षण गर्न शुरु गर्ने योजना बनाएको जानकारी दिएको इन्ग्याजेटले रिपोर्ट गरेको छ। “अति विश्लेषणको आवश्यकता बिना नै र त्यहाँ पुगेर, टेलिकमहरूसँग काम गर्दै हामीले धेरै कुरा सिक्न जाँदैछौं।”

होफेलरले स्पेसएक्सले कोसँग मिलेर काम गरिरहेको छ भनेर विशेष रुपमा नखुलाए तापनि टी–मोबाइल साझेदारीले निश्चित रूपमा मस्कको ओरिजिनल मिसनसँग लाइनअप गर्ने बताइएको छ। गत अगस्टमा उनले स्टारलिंक भी २ २०२३ मा लन्च गरिने र “विश्वभरका डेड जोनहरू हटाउँदै मोबाइल फोनहरूमा प्रत्यक्ष प्रसारण गर्ने” वाचा गरेका थिए। त्यतिखेर टी–मोबाइलको आफ्नो सेवाले क्यारियरलाई संयुक्त राज्य अमेरिकाको अधिकांश भागमा “नियर कम्प्लिट कभरेज” दिने बताएको थियो। विशेष गरी संकेत फेला पार्न गाह्रो हुने क्षेत्रहरू हाइलाइट गर्दैः राष्ट्रिय निकुञ्ज, माउण्टेन रेञ्ज (हिमाल दायरा), मरुभूमि र अन्य दुर्गम स्थानहरूमा उक्त सेवा प्रदान गर्ने टी–मोबाइलले उललेख गरेको थियो।

रिपोर्टमा लिंक ग्लोबलका सीईओ चार्ल्स मिलरले स्याटेलाइट सेलुलर सेवा “स्याटेलाइटमा सबै भन्दा ठूलो क्याटेगोरी” हुन सक्ने क्षमता रहेको बताएका थिए भने इरिडियमका सीईओ म्याट डेचले सेलुलर स्याटेलाइट सेवालाई मात्र शुरुवातको रूपमा हेरिएको उल्लेख गरेका छन्।

प्रकाशित: १ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया