यस्तो छ जिरो मोटरसाइकल्सद्वारा तयार पारिएको ‘फ्युचरिस्टिक ईलेक्ट्रिक बाईक’

  • Technology Khabar | ३० फाल्गुन २०७९, मंगलवार
यस्तो छ जिरो मोटरसाइकल्सद्वारा तयार पारिएको ‘फ्युचरिस्टिक ईलेक्ट्रिक बाईक’

काठमाडौं ।

विश्वभर मानिसले विद्युतीय मोटरसाइकललाई अपनाउन थालेपछि धेरै स्टार्टअपले यस क्षेत्रमा उन्नत प्रविधिको सहयोग लिएर प्रतिस्पर्धालाई तातो बनाउने काम गरिरहेका छन्। अब, त्यहाँ धेरै स्टार्टअपहरू आएका छन् जुन हाई-परफर्मेन्सको इलेक्ट्रिक मोटरसाइकलहरू बनाउनमा केन्द्रित छन् जसले ठूलो शक्तिको साथ लामो दूरी प्रदान गर्ने दाबी गर्दछ।

एकै समयमा, केही अवधारणाहरू तयार भइरहेका छन्, जसले हामीलाई साइ-फाई चलचित्रहरूको सवारीसाधनको सम्झना दिलाउँछ। यस स्पेसको सबैभन्दा नयाँ अवधारणा भनेको जिरो मोटरसाइकल्सद्वारा तयार पारिएको जिरो एसआर-एक्स(Zero SR-X) हो।

जिरो मोटरसाइकल्सले जिरो एसआर-एक्स नामक नयाँ कन्सेप्ट इलेक्ट्रिक बाइकको मोडल प्रदर्शन गरेको छ। क्यालिफोर्नियामा आधारित कम्पनीबाट नवीनतम प्रस्ताव ह्युग-डिजाइनको सहयोगमा विकसित गरिएको छ। पहिलो नजरमा, यसले तपाईंलाई भविष्यमा आधारित रहेर बनाईएका चलचित्रहरूमा देखिएका मोटरसाइकलहरूको सम्झना दिलाउनेछ। जिरो मोटरसाइकलले यो इलेक्ट्रिक बाइकले पनि असाधारण प्रदर्शन दिने जनाएको छ।

जिरो एसआर-एक्समा शार्प एरोडायनामिक्स डिजाइन राखिएको छ र यसको स्ट्यान्स पनि आक्रामक छ। डिजाइन यस्तो छ कि तपाई रेसिङ बाइकमा बसिरहनुभएको जस्तो महसुस गर्न सक्नुहुन्छ। कम्पनीले भन्यो, “यो बाइक उच्च प्रदर्शन इलेक्ट्रिकको लागि नयाँ उप-श्रेणी परिभाषित गर्ने प्रयास हो, जुन स्ट्रीट फाइटर र ट्र्याक बाइक बीचमा छ।”

यो इलेक्ट्रिक बाइक जीरो एसआरएसको चेसिसमा बनेको छ र यसमा थप जेडएफ ७५-१० इन्जिन दिइएको छ। जिरो एसआर-एक्सले ११० हर्सपावर र १९० एनएम पीक टर्क उत्पादन गर्न सक्ने कम्पनीको दाबी छ। इ-बाइक १७.३ किलोवाट आवर क्षमताको लिथियम-आयन ब्याट्री प्याकद्वारा संचालित हुनेछ। तर अहिले यसको रेन्जको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

कम्पनीले दुई साताअघि यस इलेक्ट्रिक बाइकको टिजर पनि सेयर गरेको थियो, जुन तपाईले तल हेर्न सक्नुहुन्छ:-

विद्युतीय मोटरसाइकल कहिले उत्पादनको चरणमा पुग्छ भन्ने बारेमा हालसम्म जानकारी दिइएको छैन। यस बाहेक कम्पनीले कुन कुन बजारमा यो ई-बाइक ल्याउनेछ भन्ने पनि थाहा छैन्।

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार