गुगलका कर्मचारीलाई अर्को झट्का, अब कम्पनीले बढुवा कटौती गर्ने

  • Technology Khabar | २८ फाल्गुन २०७९, आईतवार
गुगलका कर्मचारीलाई अर्को झट्का, अब कम्पनीले बढुवा कटौती गर्ने

काठमाडौं ।

गुगलले आफ्ना कर्मचारीहरूलाई कामबाट निकालेको रिपोर्टको बीचमा अर्को झटका दिएको छ। टेक दिग्गज कम्पनीले कर्मचारीहरूलाई इमेल पठाएको छ। जसमा यो वर्ष ठूला पदमा रहेका कर्मचारीको बढुवा कटौती हुने चेतावनी दिइएको छ।

सीएनबीसी डटकमको रिपोर्ट अनुसार यो वर्ष केवल एक दर्जन कर्मचारी मात्र उच्च वरिष्ठ स्तरमा बढुवा हुनेछन्। कम्पनीले कर्मचारीलाई पठाएको इमेलमा यो वर्ष पनि गत वर्ष जस्तै बढुवा हुने जनाएको छ। “तर, हामीले भर्ना सुस्त गतिमा गरिरहेका छौँ। हामीले पहिलेको तुलनामा कम प्रवर्द्धन गर्ने योजना बनाएका छौं।”

कम्पनीले कर्मचारीका लागि सिर्जना गरेको नयाँ कार्यसम्पादन समीक्षा प्रणाली अन्तर्गत यी परिवर्तन गरेको हो। यस समीक्षा प्रणालीको नाम गुगल समीक्षा र विकास (गीआरएडी) हो। रिपोर्टका अनुसार यो प्रणालीले गुगलका कर्मचारीहरूलाई परफर्मेन्स रेटिङ दिनेछ, जसको आधारमा बढुवा गर्ने निर्णय हुनेछ। यसमा प्रबन्धकले कर्मचारीलाई बढुवाका लागि मनोनयन गर्नेछ। अर्कोतर्फ प्राविधिक विभागमा कार्यरत कर्मचारीले आफूलाई मनोनयन गर्न सक्नेछन्।

यसअघि कम्पनीले १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो।

प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार