
काठमाडौं ।
गत महिना एन्ड्रोइड १४ को पहिलो डेभलपर प्रिभ्यू जारी गरेको गुगलले दोस्रो डेभलपर प्रिभ्यू लिएर आएको छ। यस नयाँ रिलिजमा गोपनीयता (प्राइभेसी), सुरक्षा (सेक्युरिटी), र कार्यसम्पादन (पर्फरमेन्स) मा थप सुधारहरू ल्याईएको बताईएको छ।
यसले ट्याब्लेट र फोल्डेबलहरूको अनुभवलाई परिष्कृत गर्न जारी राखेको उल्लेख गरिएको छ।
यस डेभलपर प्रिभ्यूलाई पछ्याउँदै गुगलको आधिकारिक टाइमलाइन अनुसार पहिलो बिटा रिलीज अप्रिलमा आइपुग्ने र त्यसपछिका महिनाहरूमा थप तीनवटा पनि आईपुग्ने उल्लेख छ।
एन्ड्रोइड १४ डेभलपर प्रिभ्यूको बिल्ट–इन सपोर्टले एपहरूलाई केवल तस्बिर र भिडियोहरू सेलेक्ट गर्न एक्सेस दिने, वा ती सबैमा एक्सेस गर्न दिने, वा नो एक्सेस एट अलको अनुमति प्रदान गर्ने उल्लेख गरिएको छ।
एन्ड्रोइड १४ मा क्रेडेन्सियल प्रबन्धक एक प्लेटफर्म एपीआई भएको र यसले एपहरूलाई पासकीज प्रयोग गरेर साइन–इन गर्न अनुमति दिने बताइएको छ। दोस्रो डीपीमा, डीपी१ लाई प्रतिक्रियाको आधारमा एपीआईमा परिवर्तनहरू सहित खाता चयनकर्ताको यूआई शैलीमा सुधारहरू गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
एन्ड्रोइड १४ लाई लक्षित गर्ने एपहरू (प्रारम्भमा धेरै सानो सबसेट) लाई पृष्ठभूमिमा गतिविधिहरू सुरु गर्न विशेषाधिकारहरू प्रदान गर्न आवश्यक हुने बताइएको छ।
डीपी२ एन्ड्रोइडको मेमोरी म्यानेजमेन्ट स्सिटम (व्यवस्थापन प्रणाली) अप्टिमाइजेसनको साथ आउने र यसले पृष्ठभूमिमा एपहरू चलिरहेको बेला स्रोतको प्रयोगमा सुधार गर्ने बताइएको छ। साथै यसमा एन्ड्रोइड १४ मा नन्–डिस्मिसेबल नोटिफिकेसन पनि हुनुका साथै त्यहाँ एप स्टोरहरूको लागि सुधारिएको एआईपीहरू पनि रहने उल्लेख गरिएको छ।
एक पटक डिभाइसले एन्ड्रोइड १४ प्राप्त गरेपछि यसको (रिजनल प्रिफरेन्स) क्षेत्रीय प्राथमिकताले गर्दा आफ्नो क्षेत्रको आधारमा तापक्रम युनिट्स, हप्ताको पहिलो दिन र नम्बरिङ प्रणालीलाई निजीकृत गर्न सकिने बताइएको छ। यदि तपाईं अमेरिकामा बसोबास गर्ने युरोपेली हुनुहुन्छ भने तपाईं अब फरेनहाइटसँग फस्नुहुने छैन।
यद्यपी दोस्रो डेभलपर प्रिभ्यू एप विकासकर्ताहरूलाई एप परीक्षणको लागि प्रयोग गर्न सिफारिस गरिएको उल्लेख गरिएको छ। अर्को महिना पहिलो बिटा उपलब्ध भएपछि, उपभोक्ताहरूले पनि सहज रुपमा पहुँच प्राप्त गर्ने बताइएको छ। साथै एन्ड्रोइड १४ डेभलपर प्रिभ्यू २ लाई पिक्सेल ४ए ५जी र पछिका गएर गुगल डिभाइसहरूमा इन्स्टल गर्न सकिने छ।
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार