स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच एचआई–एमबिमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सम्झौता

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच एचआई–एमबिमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सम्झौता

काठमाडौं ।

भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ।

यसै गरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्ने जनाएको छ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार