
काठमाडौं ।
एप्पलले आगामी एम३ चिप्सद्वारा संचालित नयाँ म्याकबुक १३ र १५ इन्चको संस्करणहरू लन्च गर्ने योजना बनाएको प्रख्यात एप्पल विश्लेषक मार्क गुरम्यानले बताएका छन्।
त्यसैगरी रिडिजाइन गरिएको म्याक प्रो को साथ केही नयाँ आईम्याकहरु पनि क्षितिजमा रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
उक्त नयाँ म्याकबुक एयरहरू यो वसन्त वा गर्मी मौसममा घोषणा गरिने सम्भावना रहेको उल्लेख गरिएको छ। साथै गुरमानले नोटबुकको दुबै संस्करण एम३ चिपमा चल्ने आकलन गरेका बताइएको छ।
एम३ चिपका अधिक शक्तिशाली भेरियन्ट एम३ प्रो र एम३ म्याक्स २०२४ मा लन्च हुने बताइएको छ। साथै यसमा सुधारिएको ३ एनएम नोडले ठूलो प्रभावकारिता वृद्धि ल्याएको उल्लेख गरिएको छ।
आगामी म्याक प्रो र आईम्याक सेटले पनि ठूलो अपग्रेडहरू प्राप्त गर्ने बताइएको छ। २४ सीपीयू कोर, ७६ जीपीयू कोर र १९२ जीबी सम्मको र्याम सहितको एम२ अल्ट्रा चिपले म्याक प्रोलाई पावर अप गर्ने बताइएको छ। त्यसैगरी आईम्याकले १३ र १५–इन्च एयरहरुको जस्तै एम३ ट्रिटमेन्ट प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै म्याक प्रोले म्याकबुकको साथ उपस्थिति जनाउने उल्लेख गरिएको छ।
२४–इन्च स्क्रिनको स्ट्यान्डर्ड आईम्याक पनि अपग्रेडको लागि बाँकी रहेको र गुरम्यानले यसमा आन्तरिक डिजाइनमा प्रमुख परिवर्तनहरू गरिने भनी अनुमान गरेको छन्। नयाँ एप्पल एम–सिरिजमा एसओसीको अतिरिक्त, इन्टर्नल (आन्तरिक) कम्पोनेन्टहरू र डिजाइन परिवर्तन गरिएको र नयाँ स्ट्यान्ड एट्याचमेन्ट पनि अपेक्षित गरिएको बताइएको छ। त्यसैगरी यस वर्षको दोस्रो भाग यसको लन्च हुने सम्भावित समय भएको बताइएको छ।
साथै आईप्याड प्रो पनि नयाँ एम३ चिप अन बोर्ड र ओएलईडी स्क्रिनको साथ कार्डहरूमा रहेको बताइएको छ।
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार