सामाजिक सञ्जालमा अश्लिलजन्य गतिबिधि गर्ने वा गर्न लगाउनेलाई साइबर ब्यूरोले कारबाही गर्ने

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
सामाजिक सञ्जालमा अश्लिलजन्य गतिबिधि गर्ने वा गर्न लगाउनेलाई साइबर ब्यूरोले कारबाही गर्ने

काठमाडौं ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुमा विभिन्न व्यक्तिहरुलाई अश्लिलजन्य अभिव्यक्ति दिन, बोल्न र प्रदर्शन गर्न उक्साउने तथा प्रोत्साहन गर्ने र गराउने कार्य नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक सूचनामार्फत सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुमा आफ्ना एकाउन्ट ह्याण्डल, प्रोफाइल र च्यानलहरुको प्रवर्धन, संवर्धन र भाइरल बनाई अर्थोपार्जन गर्न प्रस्तोता, अन्तर्वार्ताकार तथा ब्लगरको रुपमा विभिन्न व्यक्तिहरुलाई अश्लिलजन्य अभिव्यक्ति दिन, बोल्न र प्रदर्शन गर्न उक्साउने तथा प्रोत्साहन गर्ने र सो कार्यको फोटो, अडियो एवं भिडियो समेत उत्पादन गरी प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएको उल्लेख गरेको छ।

त्यसैगरी त्यस्ता सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसै प्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन नगर्न/नगराउन समेत ब्यूरोका उप-निर्देशक तथा प्रहरी उपरीक्षक पशुपति कुमार रायले भनेका छन्।

त्यस्ता गतिविधि कोही कसैले गरे वा गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने भन्दै त्यस्तो कुनै प्रकाशन तथा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएमा आवश्यक कानुनी कारवाहीको लागि साइबर ब्यूरोमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s passenger car exports surge nearly 85% in April as domestic sales slump

  • Technology Khabar
  • २३ फाल्गुन २०७९, मंगलवार