अमेजन पेलाई नियम उल्लंघन गरेकोमा भारतमा ३.०६ करोड भारु जरिवाना

  • Technology Khabar | २२ फाल्गुन २०७९, सोमबार
अमेजन पेलाई नियम उल्लंघन गरेकोमा भारतमा ३.०६ करोड भारु जरिवाना

काठमाडौं ।

भारतीय रिजर्व बैंक (आरबीआई) ले अमेजन पे (इण्डिया) लाई केही नियमहरूको पालना नगरेकोमा ३.०६ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ।

अमेजन पे (इण्डिया) प्रालिद्वारा प्रिपेड पेमेन्ट इन्स्ट्रुमेन्ट (पीपीआई) र ‘नो योर कस्टमर’ सम्बन्धी केही प्रावधानहरूको पालना नगरेको कारणले यो कदम चालेको आरबीआईले शुक्रबार भनेको छ।

अमेजन पे ई-कमर्स दिग्गज अमेजनको डिजिटल भुक्तानी प्लेटफर्म हो।

“यो फर्मले केवाईसी आवश्यकताहरूमा आरबीआईद्वारा जारी निर्देशनहरूको पालना नगरेको देखियो,” आरबीआईले आफ्नो विज्ञप्तिमा भन्यो। यसअघि आरबीआईले अमेजन पेलाई कारण देखाउ नोटिस जारी गरेको थियो। यसमा निर्देशन पालना नगरेकोमा किन जरिवाना नलिने भनेर समेत सोधिएको थियो।

पछि, कम्पनीको जवाफलाई विचार गरेपछि, आरबीआईले आफ्नो निर्देशन पालना नगरेको आरोप सही भएको निष्कर्षमा पुग्यो र यस्तो अवस्थामा फर्मलाई मौद्रिक जरिवाना लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

तर, नियामकको पालनामा कमजोरी भएकाले यो जरिवाना लगाइएको केन्द्रीय बैंकले जनाएको छ। यस निर्णयको उद्देश्य अमेजन पे (इण्डिया) ले आफ्ना ग्राहकहरूसँग गरेको कुनै पनि लेनदेन वा सम्झौतामाथि प्रश्न उठाउनु नभएको बताईएको छ।

प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • २२ फाल्गुन २०७९, सोमबार