एप्पलले पहेंलो रंगको आईफोन १४ चाँडै लन्च गर्नसक्ने

  • Technology Khabar | २२ फाल्गुन २०७९, सोमबार
एप्पलले पहेंलो रंगको आईफोन १४ चाँडै लन्च गर्नसक्ने

काठमाडौं ।

एप्पलले गत वर्ष मार्चमा आईफोन १३ लाइनअपमा हरियो रंगको संस्करण प्रस्तुत गरेको थियो। अब कम्पनीले यस वसन्तमा पहेँलो रङको आईफोन १४ र आईफोन १४ प्लस अनावरण गर्ने वेइबो प्रयोगकर्ता सेट्सुना डिजिटलले उल्लेख गरेको छ।

सेट्सुनाकोे वेइबो पोष्टले एप्पलको उक्त पहेंलो आईफोन १४ २०२३ को वसन्तमा लन्च हुने भनेर जनवरी देखि नै बताइरहेको उल्लेख गरिएको छ। यद्यपि, ९टू५म्याकले भने पहेंलो आईफोन १४ को अपेक्षालाई स्वतन्त्र रूपमा पुष्टि गरेको बताइएको छ।

त्यसैगरी म्याकरुमर्सले पनि एप्पलको पीआर टोलीले अर्को हप्ताको लागि उत्पादन ब्रीफिङको योजना बनाइरहेको धेरै स्रोतहरूबाट थाहा पाएको उल्लेख गरेको छ। साथै उक्त उत्पादन ब्रीफिङको योजना पहेंलो आईफोन १४ को लागि हुनसक्ने थप बताइएको छ। कम्पनीले २०२२ को मार्च ८ मा हरियो आईफोन १३ मोडेलहरू घोषणा गरेको उल्लेख गरिएको छ।

गत वर्ष आईफोन १३ र आईफोन १३ मिनी साधारण हरियो (ग्रीन सेड) रंगमा प्रस्तुत गरिएको थियो भने आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स अल्पाइन ग्रीन कलर अप्सनमा लन्च गरिएको थियो। त्यसैगरी एप्पलले यस पटक पनि पहिलेको जस्तै तरीका अपनाउने हो वा भेनिला र प्लस मोडेलहरूलाई मात्र पहेँलो रङमा प्रस्तुत गर्ने हो भनी हेर्न बाँकी रहेको छ।

प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...