आइएमइ लाइफ इस्योरेन्सले शुरु गर्यो व्यवसायीक कारोबार

Technology Khabar २ भाद्र २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं, २ भदौ । आइएमइ लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय (कारोवार) शुरु गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एक कार्यक्रमका बीच कम्पनीको शुभारम्भ गरेका हुन्।

बीमा समितिबाट २०७४ असार २० गते सो लाइफ इस्योरेन्सले कारोवार संचालन गर्न अनुमतिप्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोबार शुभारम्भ गरेको हो ।

कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले नयाँ कम्पनीमा व्यवसाय शुरु गर्ने पहिलो कम्पनी हुन पाएकोमा खुसी व्यक्त गरे । अर्यालले बीमाको पहुँच नपुगेका ग्रामिण इलाकामा बीमाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले आमन्त्रित अतिथिहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित: २ भाद्र २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया