डिशहोममा १ वर्षको रिचार्जमा दुई ग्राहकले जिते जनही एक लाख रुपैयाँ

  • Technology Khabar | १८ फाल्गुन २०७९, बिहीबार
डिशहोममा १ वर्षको रिचार्जमा दुई ग्राहकले जिते जनही एक लाख रुपैयाँ

काठमाडौं ।

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने अफर अन्तरगत भिमसेन थापा गाउँपालिका २ का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैयाँ जितेका छन्।

डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए  डिशहोमको तर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेको कम्पनीले जानकारी लिएको छ।

कम्पनीले ल्याएको यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार