
काठमाडौं ।
सामसङको आगामी फोनहरु ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए३४ को बारेमा लीक र अनुमानका बिच विश्वसनिय लीकस्टर अनलिक्सका अनुसार, सामसङको उक्त दुई डिभाइसहरू मार्च १५ मा अनावरण गरिने बताइएको छ।
यद्यपी सामसङले सो अवसरको लागि भनेर कार्यक्रमको आयोजना नै गर्छ वा केवल एक प्रेस विज्ञप्ति जारी गर्छ भन्ने बारेमा स्पष्टता नभएको उल्लेख गरिएको छ। सामसङको ए५एक्स सिरिज सबै भन्दा राम्रो बिक्रि हुने भएकोले प्रेस विज्ञप्ति मात्रै जारी गर्नुभन्दा पनि कार्यक्रमको आयोजना गर्नु नै अधिक उपयुक्त हुने बताइएको छ।
सामसङ ग्यालेक्सी ए५४ मा ६.४ इन्चको १२० हर्जको एएमओएलईडी स्क्रिन, एक्सनोस १३८० एसओसी, ८जीबी सम्मको र्यामका साथ २५६ जीबी स्टोरेज, ५० एमपी एफ/१.२ मुख्य क्यामरा, १२ एमपी एफ/२.२ अल्ट्रावाइड, ५ एमपी म्याक्रो शूटर, ३२ एमपी सेल्फी स्न्यापर र २५ वाट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच ब्याट्री समावेश गरिएको अघिल्लो लीकहरुले दाबी गरेका छन्। साथै फोन आईपी६७ प्रमाणित हुने र ३.५ एमएम हेडफोन ज्याक पनि रहने उल्लेख गरिएको छ।
त्यसैगरी ग्यालेक्सी ए३४ मा ६.६ इन्चको १२० हर्जको एएमओएलईडी स्क्रिन, मिडियाटेक डाइमेन्सिटि १०८० एसओसी, ८जीबी सम्मको र्यामका साथै २५६जीबी स्टोरेज, ४८ एमपी एफ/१.८ मुख्य क्यामरा, ५ एमपी म्याक्रो क्यामेरा, डेफ्थ सेन्सर र एक १३ एमपी सेल्फी शूटरका साथ आउने छ। साथै फोनमा २५ वाटसम्म चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेश हुने बताइएको छ। त्यसैगरी दुबै डिभाइसहरूमा सामसङको वान यूआई ५.एक्स स्किन र एन्ड्रोइड १३ प्रिइन्स्टल गरी ढुवानी गरिने भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार