
काठमाडौं ।
संसारको सबैभन्दा ठूलो प्रविधि कार्यक्रम मध्येको एक मोबाइल वर्ल्ड कंग्रेस २०२३ मा अहिले नयाँ आविष्कारहरू प्रदर्शन गर्न भइरहेको छ। सोही सिलसिलामा वानप्लसले उक्त कार्यक्रममा स्मार्टफोन गेमिङको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने एउटा यूनिक लिक्विड कूलिङ प्रणाली प्रस्तुत गरेको छ।
हालका वर्षहरूमा स्मार्टफोन गेमिङको लोकप्रियता बढ्दो क्रममा रहेको छ। साथै पहिलेको भन्दा धेरै मानिसहरू आफ्नो डिभाइसहरूमा खेल खेल्ने गरको देखिन थालेका छन्। तर स्मार्टफोन गेमिङको द्वौरान प्रोसेसरहरूले धेरै ताप उत्पन्न गर्ने समस्याले गर्दा फोन सुस्त हुने र अधिक तात्ने जस्ता समस्या हुने गरेका छन्।
स्मार्टफोन गेमिङको यस मुद्दालाई वानप्लसको नविनतम लिक्विड कूलिङ स्सिटम (तरल शीतलन प्रणाली) ले सम्बोधन गर्ने भएको छ। गेमिङको दौरान यस टेक्नोलोजीले स्मार्टफोनलाई २० डिग्री सेल्सियससम्म चिसो राख्न सक्ने भएकोले फानेले ‘कन्स्सिटेन्ट पिक पर्फमेन्स’ दिने बताइएको छ। धेरैजसो आधुनिक स्मार्टफोनहरूले लिक्विड भ्यापर च्याम्बर (तरल भाप कक्ष) को साथ प्यासिभ कूलिङ सोलुसन प्रयोग गर्ने भएकाले दिगो प्रयोगलाई सम्हाल्न नसक्ने हुनाले यस लिक्विड कूलिङ सिस्टम एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ।
तात्ने समस्या हल गर्नको लागि वानप्लसले लगभग कुनै पनि स्मार्टफोनमा प्रयोग गर्न सकिने एक समर्पित तरल कुलर निर्माण गरेको छ। यो कूलिङ सोलुसनले हिट डिसिपेसनलाई बढाएर डिभाइसलाई चिसो राख्दै समात्न योग्य बनाउने छ। त्यसैगरी हल्का तौल (७५ ग्राम) भएको बाह्य कूलरको क्लिप मार्फत डिभाइसमा जोड्न र अलग गर्न सहज हुने बताइएको छ।
वानप्लसको लिक्विड कूलरले कसरी काम गर्छ?
वानप्लस ४५ वाट लिक्विड कूलर स्मार्टफोनसँग संलग्न भएर प्रोसेसरबाट तापलाई टाढा निर्देशित गर्दछ। हल्का तौल भएको वानप्लस कूलरले प्रयोगकर्ताको हातमा तातो हावा फाल्दैन र यो अन्य बाहिरी कूलरहरू भन्दा फरक रहेको बताइएको छ। अन्य बाहिरी कूलरहरूले क्लिप र भित्र फ्यानको प्रयोग गर्ने गरेको बताइएको छ।
यस कूलरलाई अझ प्रभावकारी र शान्त बनाउँदै आफूलाई आवश्यक पर्ने कूलिङको मात्रा अनुकूलित गर्न सक्नु नै यस कूलरको उत्कृष्ट विशेषताहरू मध्ये एक रहेको उल्लेख गरिएको छ। यद्यपि, वानप्लस ४५ वाट लिक्विड कूलर पूर्ण गतिमा केही लाउड हुन सक्ने भएकाले यसलाई प्रयोग गर्दा ध्यान दिनुपर्ने बताइएको छ।
यस लिक्विड कूलरले प्रभावशाली रुपमा फोनको तापमान २० डिग्रीले घटाउने वनप्लसले दाबी गरेको छ। साथै यस कूलरले सिधै प्रोसेसरमा राखेको खण्डमा निकै नै राम्रो प्रदर्शन गर्ने बताइएको छ। साथै ४५ वाट पावरको यस कूलिङ स्सिटमले धेरै बिजुली खपत गर्ने भएकाले यसलाई उचित पावर स्रोतको आवश्यक पर्ने बताइएको छ।
स्मार्टफोनलाई एडभान्स्ड कूलिङ सोलुसन्स किन चाहिन्छ?
स्मार्टफोनमा शक्तिशाली प्रोसेसर समावेश भए तापनि स्मार्टफोनको साइज सानो हुनेभएकाले प्रभावकारी कूलिङ स्सिटमको लागि ठाउँ सीमित हुने जस्ता सीमा हुने गर्दछ। यसले गर्दा डिभाइसमा ओभरहिटिंगको समस्याहरू उत्पन्न भएर कार्यसम्पादनलाई असर गर्न सक्ने उल्लेख गरिएको छ।
वनप्लसले एमडब्लुसी २०२३ मा ४५ वाटको लिक्विड कूलिङ स्सिटमको अनावरण मात्र नभएर लिक्विड कूलिङमा आधारित वानप्लस ११ कन्सेप्ट स्मार्टफोन पनि प्रदर्शन गरेको बताइएको छ।
प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार