ह्वाट्सएपको माध्यमबाट ठगी

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
ह्वाट्सएपको माध्यमबाट ठगी

काठमाडौं ।

सर्लाहीमा सामाजिक सञ्जालको माध्यमबाट मुद्रासम्बन्धी आपराधिक घटना बढ्दै गएको पाइएको छ। प्रहरीकाअनुसार विशेषगरी भारतीय सीमावर्ती क्षेत्रमा मुद्रासम्बन्धी विभिन्न आपराधिक घटना बढ्न थालेको हो।

मुद्रासम्बन्धी अपराध गरेको कसुरमा सर्लाही प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ। त्यस क्रममा केही नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। उनका अनुसार भारतसँग सीमा जोडिएका विभिन्न नाकामा शृङ्खलाबद्ध रूपमा मुद्रासम्बन्धी ठगीका घटना हुँदै आएका छन् ।

सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत विभिन्न अफर पठाई मानिसलाई सम्पर्कमा ल्याएर त्यस्ता ठगी तथा मुद्रासम्बन्धी कसुरका आपराधिक षड्यन्त्र हुने गरेको पाइएको छ। एकको तीन अर्थात् तीन गुणा बढी पैसा दिन्छु भनी ह्वाट्सएपमा पैसाको फोटो तथा भिडियो पठाई लोभ लालचमा पारीआफ्नो अनुकूल तथा सुरक्षित स्थानमा बोलाएर योजनाबद्ध तरिकाले आपराधिक व्यक्तिले छापामार शैलीमा लुटपाट गर्ने गरेका पाइएको प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न ठाउँमा पटकपटक एकै प्रकृतिका घटना दोहोरिँदै गएको भन्दै प्रहरीले त्यस्ता आपराधिक षड्यन्त्रबाट जोगिन नागरिकलाई सचेत गराएको छ।

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...