पावर बैंकको खोलभित्र गिलो माटो राखी बेच्ने दुई भारतीय पक्राउ

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
पावर बैंकको खोलभित्र गिलो माटो राखी बेच्ने दुई भारतीय पक्राउ

काठमाडौं ।

चिट्ठाको नाममा पावर वैँक पर्यो भनी पावर बैंकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतीय रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला, चन्दनताय गाउँ बस्ने २८ वर्षिय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षिय सर्वेश कुमार भट्ट रहेका छन्।

ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पीएर लेखिएको प्लाष्टिकको बट्टा माटोको ‘पावर बैंक’ ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाईन्ट एक-एक थान, स्क्रयाच कुपन ७९ थान पक्राउ गरिएको छ ।

यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार