आईओएस बीटा प्रयोगकर्ताले ह्वाट्सएपमा ग्रुपकल सेड्युल गर्न सक्ने

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
आईओएस बीटा प्रयोगकर्ताले ह्वाट्सएपमा ग्रुपकल सेड्युल गर्न सक्ने

काठमाडौं ।

मेटाको स्वामित्वको प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताहरुलाई ग्रुप च्याट, भ्वाइस र भिडियो कलबाट बहुपक्षीय मानिससँग कनेक्ट हुने सुविधा प्रदान गर्दै आइरहेको छ। भर्खरै कम्पनीले ग्रुप भिडियो कलको लिमिट ३२ सहभागिता र प्रयोगकर्ताको अनुभव सुधार गर्न कल लिंकको शुरुवात गरेको छ।

प्लेटफर्मलाई थप सुधार गर्न ह्वाट्सएपले प्रयोगकर्तालाई ग्रुप कल सेड्युल गर्ने फिचर ल्याउने योजना बनाइरहेको लाइभमिन्टले उल्लेख गरेको छ।

डब्ल्यूबेटाइन्फोका अनुसार ह्याट्सएप नयाँ फिचर ‘सेड्युल ग्रुप कल’ मा काम गरिरहेको छ। यो फिचरको मद्दतबाट प्रयोगकर्ताले टिम कल अग्रिम रुपमा योजना बनाउन सक्छन्। हाल यो फिचर बेटा परीक्षण चरणमा छ। यो सुविधा एप्पल टेस्टप्लाइट प्रोग्राम इनरोल गरेकाले उपयोग गर्न पाउँछन्। यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो आईफोनमा भर्खरको ह्वाट्सएप भर्सन आईओएस २३.४.० अपडेट गर्नुपर्ने हुन्छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार