नेपाल एयरलाइन्सको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
नेपाल एयरलाइन्सको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

काठमाडौं ।

आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतिय भुक्तानी सेवा प्रधानकर्ता को रुपमा रहने सम्झौता भएको छ।

सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्नसक्नु हुन्छ।

नेपाल एयरलाइनसको वेबसाईटमा गई आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नुहुनेछ।

ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार