डिस्कबर/डाईनर्स तथा रुपे इन्टरनेसनल कार्ड एससीटी आबद्ध नेटवर्कका एटीएममा प्रयोग गर्न सकिने

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
डिस्कबर/डाईनर्स तथा रुपे इन्टरनेसनल कार्ड एससीटी आबद्ध नेटवर्कका एटीएममा प्रयोग गर्न सकिने

काठमाडौं ।

डिस्कबर फाइनान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनि, सहकारी तथा बैंकका एटीएमहरुमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरुद्वारा जारी गरिएका कार्डहरु चलाउन मिल्ने भएको छ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपीसीआई) द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो। यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाई सहज र सरल हुने आशा गरिएको छ।

यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना राखिएको छ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो। यो सुविधासँगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार