दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले अनलाइनबाट प्राप्त ग्राहकको समस्या दुई दिन भित्रमा सम्बोधन गर्नुपर्ने

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले अनलाइनबाट प्राप्त ग्राहकको समस्या दुई दिन भित्रमा सम्बोधन गर्नुपर्ने

काठमाडौं ।

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले अनलाइनबाट प्राप्त ग्राहकको समस्या दुई दिन भित्रमा सम्बोधन गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवाको गुणस्तसम्बन्धी विनियमावली, २०७९’ एप्लिकेशन, एसएमएस, इमेल लगायतबाट प्राप्त ग्राहकको समस्या दुई दिन भित्रमा सम्बोधन गर्नु पर्ने व्यवस्था गरेको हो।

सेवा प्रदायकले २४ घण्टा भित्रमा ९० प्रतिशत र ४८ घण्टा भित्रमा ९९ प्रतिशत वा सो भन्दा बढीको सम्बोधन गर्नुपर्ने विनियमावलीमा उल्लेख छ।

यो व्यवस्था अगामी २०८० वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने छ।

सेवा प्रदायकले उक्त विनियमावलीमा तोकिएको मापदण्ड तथा शर्तको पालना नगरेमा प्राधिकरणले ऐनको दफा ४७ बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।

दूरसञ्चार ऐन, २०५३ वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लङ्घन गरेमा वा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिालाई *५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ। त्यस्तो कसूरबाट कसैको हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगो वा सो बापत क्षतिपूर्ति समेत भराई गरिने ऐनमा व्यवस्था छ।

* अन्यथा भएकोमा सच्याईएको।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार