इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई नेटवर्क प्रदान गर्ने म्याद तोकियो

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई नेटवर्क प्रदान गर्ने म्याद तोकियो

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई ग्राहकलाई इन्टरनेट सेवा जडान गर्नुपर्ने अवधि तोकेको छ। ‘दूरसञ्चार सेवाको गुणस्तसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले ग्राहकलाई इन्टरनेट सेवा जडान गर्नुपर्ने अवधि तोकेको हो।

विनियमावली अनुसार इन्टरनेट सेवा प्रदायकले सेवाका लागि ग्राहकबाट अनुरोध प्राप्त भएपश्चात तीन दिन भित्रिमा सेवाका लागि नेटवर्क जडान गर्नु पर्नेछ।

यसका लागि प्राधिकरणले शहरी र ग्रामीण क्षेत्रका लागि छुट्टा छुट्टै समयअवधि तोकेको छ। शहरी क्षेत्रमा ग्राहकले नेटवर्क जडानका लागि अनुरोध गरेको दुई दिनमा तथा ग्रामीण क्षेत्रका ग्राहकका हकमा तीन दिन भित्रमा सेवा प्रदायकले सेवा जडान गर्नु पर्नेछ।

यो व्यवस्था अगामी २०८० वैशाख १ गतेदेखि लागू हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार