नाबालिकाको तस्वीरमा अश्लीलता जोडी हैरानी गरेको आरोपमा श्रेष्ठ पक्राउ

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
नाबालिकाको तस्वीरमा अश्लीलता जोडी हैरानी गरेको आरोपमा श्रेष्ठ पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

नाबालिकाको तस्वीरमा अश्लीलता जोडी हैरानी गर्ने व्यक्ति पक्राउ परेका छन्। नाबालिकालाई हैरानी गरेको आरोपमा ओखलढुङ्गा सुनकोसी गाउँपालिका वडा नं ४ बस्ने २७ वर्षका मुगाधन श्रेष्ठलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपतिकुमार रायले जानकारी दिए।

श्रेष्ठले सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्वीर महिलाको राखी साथी बन्न अनुरोध पठाएकोले नाबालिकाले कोही माहिला साथी होला भनि अनुरोध स्विकार गरी वार्तालाप गरेको प्रहरीले जानकारी दिएको छ।

वार्तालापको क्रममा नाबालिकाको प्रोफाइलबाट तस्वीरहरू डाउनलोड गरी सोही तस्विरमा अन्य अश्लील तस्वीरहरू जोडी मेसेन्जर मार्फत पठाउन थाले पश्चात नाबालिकाको अभिभावकले अनुसन्धानको लागि ब्यूरोमा निवेदन दिएका थिए । उक्त निवेदनको अनुसन्धान गर्ने क्रममा नाबालिकाको तस्विर बिगारी अश्लील बनाई प्रकाशन तथा प्रदर्शन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो।

ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गाको सहयोगमा श्रेष्ठलाई पक्राउ गरी विद्युतिय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको माघ १४ गतेको आदेशले दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...