Technology Khabar १५ फाल्गुन २०७९, सोमबार
काठमाडौं ।
भारतको बैंगलुरुस्थित स्टार्टअप रिभरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर रिभर इन्डी सार्वजनिक गरेको छ। कम्पनीले यस इलेक्ट्रिक स्कुटर १ लाख २५ हजार भारु एक्स शोरुम मूल्यमा गत बुधबार भारतमा सार्वजनिक गरेको हो।
रिभरको उक्त इलेक्ट्रिक स्कुटर शक्तिशाली र कयौं फिचरबाट सुसज्जित भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। रिभर इलेक्ट्रिक स्कुटर मनसून ब्लु, समर रेड र स्प्रिङ एल्लो कलरमा उपलब्ध छ। रिभर इन्डी कयौं सेगमेन्टमा फर्स्ट फिचरबाट पनि सुसज्जित छ।
कम्पनीका अनुसार रिभर इन्डीमा आईपी ६७ रेटेड ४ किलोवाट आवर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। फुल चार्जमा स्कुटरले १२० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। स्कुटरको ब्याट्री स्ट्यान्डर्ड चार्जरबाट ० देखि ८० प्रतिशत ५ घण्टामा चार्ज गर्न सकिन्छ। स्कुटरमा रहेको इलेक्ट्रिक मोटरले ६.७ किलोवाट पीक पावर र २६ एनएम अधिकतम टर्क जनरेट गर्छ।
रिभर इन्डीको अधिकतम स्पीड ९० किलोमिटर प्रति घण्टा छ। ० देखि ४० किलोमिटर प्रति घण्टाको गति लिन ३.९ सेकेन्ड समय लिन्छ। कम्पनीले स्कुटरको ब्याट्रीमा ५ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ।
रिभर इन्डी इलेक्ट्रिक स्कुटरमा १४ इन्चको अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट र रियर सस्पेन्शन, डुअल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस दिइएको छ। उक्त स्कुटर १८ डिग्रीसम्मको ठाडो उकालो सजिलै चढ्न सक्ने कम्पनीको दाबी छ। यसका फ्रन्ट तथा रियरमा क्रयास गार्ड र फ्रन्टमा फुटरेस्ट पनि दिइएको छ।
यसका साथै स्कुटरा ह्यान्डल बार तथा स्टोरेज कम्पार्टमेन्टमा यूएसबी चार्जिङ पोर्ट पनि दिइएको छ। स्कुटरको फ्रन्टमा २५ लिटरको स्टोरेज बक्स दिइएको छ। स्कुटरको पछाडि डिक्की राख्ने सुविधा पनि छ। स्कुटरको सम्पूर्ण लाइटिङमा एलईडी दिइएको छ। ग्राउन्ड क्लियरेन्स १६५ एमएमको छ।
रिभर इन्डी इलक्ट्रिक स्कुटरमा एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर छ। यसमा तीन राइडिङ मोड ईको, राइड र रश दिइएको छ। पार्किङका लागि रिभर्स मोड र साइड स्ट्यान्ड कट अफ लगायत फिचर पाउन सकिन्छ। रिभर इन्डीमा राइडलाई आरामदायक बनाउनका लागि लामो र चौडा सिट दिइएको छ।
प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार