नेकपा एमालेका अध्यक्षको ‘केपी बा’ युट्युब च्यानल सुरु

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
नेकपा एमालेका अध्यक्षको ‘केपी बा’ युट्युब च्यानल सुरु

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सञ्चालनमा ल्याएका छन्। ओलीले जन्मदिनको अवसर पारेर बिहीबारदेखि ‘केपी बा’ युट्युब च्यानल सुरु गरेका हुन्।

आफ्ना अनुभवहरु जनतासमक्ष पुर्याउन च्यानल सञ्चालनमा ल्याइएको ओलीले जनाएका छन्।

ओलीलाई एमालेका नेता/कार्यकर्ता र शुभेच्छुकहरुले ‘बा’ भनेर बोलाउँछन्। उक्त सम्बोधनलाई नै राखेर ओलीले ‘केपी बा’ नाम दिएर च्यानल खोलेका हुन्।

उनले युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो पहिलो भिडिओ अपलोड गरेका छन्।

उक्त युट्युब च्यानलमा आफ्नो जीवनका अनुभव, राजनीतिक प्रसंग र अन्तर्वार्ताहरुसमेत राखिएका छन्।

ओलीले गत बिहीबार आफ्नो जन्मदिनका अवसरमा बोल्दै युट्युब च्यानल ‘केपी बा’ सुरू गरिएको बताए। उक्त च्यानलमा नयाँ पुस्ताका लागि अनुभव र स्मरणहरु बाँडिने बताए।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार