काठमाडौं ।
आफ्ना धेरै समकालीनहरू जस्तै युट्युब म्युजिकले पनि छिट्टै नै अडियो र भिडियो कन्टेन्टको लाइब्रेरीमा पोडकास्ट थप्ने भएको छ। युट्युबको पोडकास्टिङ प्रमुख काई चुकले द भर्जलाई यो सुविधा “नजिकको भविष्यमा” आउँदैछ भनेर पुष्टि गरेको उल्लेख गरिएको छ।
निःशुल्क वा प्रिमियम गरेर पोडकास्टहरू सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ। साथै निःशुल्क प्रयोगकर्ताहरूले ब्याकग्राउण्ड अडियो सपोर्टको साथ सामान्य विज्ञापन–समर्थित प्लेब्याक पाउनेछन्। अडियो–फर्स्ट शोहरूले हाइलाइट गर्नका निम्ति विशेष पोडकास्ट ब्याज पनि पाउने उल्लेख गरिएको छ।
“यदि कसैले पोडकास्ट हेर्न चाहेको हो भने त्यसको समाधान रहेको र यदि कसैले पोडकास्ट सुन्न मात्र चाहन्छ हो भने त्यसको लागि पनि उत्कृष्ट अनुभव रहेको” चुकले बताएको उल्लेख छ।
युट्युबले हाल विशेष शोहरू वा इजाजतपत्र प्राप्त ओरिजिनल्स थप्न नखोजेको तर त्यसको सट्टामा आफ्नो सिर्जनाकर्ताहरू(क्रिएटर्स) र युट्युब प्रयोगकर्ताहरूमा ध्यान केन्द्रित गरेको भनी युट्युबले दाबी गरेको बताइएको छ।
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार