तान्जानियाले दर्ता नभएका ९ लाख ७० हजार ४६ ओटा सिमकार्ड निष्क्रिय बनायो

  • Technology Khabar | १२ फाल्गुन २०७९, शुक्रबार
तान्जानियाले दर्ता नभएका ९ लाख ७० हजार ४६ ओटा सिमकार्ड निष्क्रिय बनायो
सांकेतिक तस्विर

काठमाडौं ।

तान्जानिया संचार नियामक प्राधिकरण (टीसीआरए) ले करिब ९ लाख ७० हजार ४६ ओटा दर्ता नभएका सिमकार्डहरु फेब्रुअरी १३ को रातमा निष्क्रिय गरिएको बताएको छ।

अफ्रिकी मुलुकको नियामकका अनुसार यो संख्या देशको कुल मोबाइल फोन ग्राहकहरु मध्येको १.५८ प्रतिशत हो।

यसबाट प्रभावित ग्राहकहरूलाई उनीहरूको नम्बरहरू दर्ताका लागि प्रमाणित गर्न ९० दिनको समय अवधि तोकिएको छ।

टीसीआरएका प्रमुख सञ्चार अधिकारी सेमू एमविकान्जले डेली न्यूजलाई बताएअनुसार हालै जनतामाझबाट आएका गुनासोको आधारमा फ्रड रहेका ५२ हजार सिमकार्डलाई प्राधिकरणद्वारा डिएक्टिभेट गरिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis astronauts pass half-way point on way to Moon

  • Technology Khabar
  • १२ फाल्गुन २०७९, शुक्रबार