शाओमी प्याड ६ सिरिजको लन्च टाइमलाइन र मुख्य विशेषता बाहिरियो

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
शाओमी प्याड ६ सिरिजको लन्च टाइमलाइन र मुख्य विशेषता बाहिरियो

काठमाडौं ।

स्थानीय र अन्तर्राष्ट्रिय बजारमा शाओमी प्याड ५ दायराको ट्याब्लेटको उत्कृष्ट सफलता पछि कम्पनी अब शाओमी प्याड ६ श्रृंखलाको आसन्न रिलिजको लागि तयारीमा रहेको बताइएको छ। हालैका हप्ताहरूमा ट्याब्लेटको विशेषता र डिजाइनको बारेमा उल्लेखनिय रुपमा लीकहरू देखा परेको छन्।

सोही सिलसिलामा अहिले डिस्प्ले र चिपसेट स्पेसिफिकेसनहरूका साथै अपेक्षित लन्च विन्डोको बारेमा जानकारी प्रदान गर्दै फेरी एउटा नयाँ रिपोर्ट देखा परेको गीज्मोचाइनाले बताएको छ।

लोकप्रिय वेइबो टिप्सटर डिजिटल च्याट स्टेशन (डीसीएस) बाट आएको उक्त रिपोर्टले शाओमी प्याड ६ श्रृंखलाका ट्याब्लेटहरू मार्च वा अप्रिलमा लन्च हुने सम्भावना रहेको उल्लेख गरेको छ। साथै अघिल्ला केही रिपोर्टहरूले भने ट्याब्लेटहरूको लागि तोकिएको अप्रिल लन्च विन्डोजमा नै शाओमी १३ अल्ट्रा र शाओमी ब्यान्ड ८ पनि सँगै लच गरिने दावी गरेको बताइएको छ।

डिजिटल च्याट स्टेशनका अनुसार अनुसार, शाआमीको आगामी फ्ल्यागशिप ट्याब्लेटहरूमा मिडियाटेकको डाइमेन्सिटी ९००० वा स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेटबाट संचालित हुने बताएको छ। भेनिला शाओमी प्याड ५ मा प्रयोग गरिएको स्न्यापड्रागन ८६० को विपरित शाओमी प्याड ६ को बेसमोडलमा भने स्न्यापड्रागन ८७० फिचर हुने उल्लेख गरिएको छ। विगतका मोडलहरुमा आधारित रहेर शाओमी प्याड ६ प्रो सम्भावित रूपमा स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेट सहित आउन सक्ने उल्लेख गरिएको छ। त्यसैगरी प्याड ५ श्रृंखलाको २.५के स्क्रिनहरूलाई उछिनेर शाओमी प्याड ६ श्रृंखलामा २.८के वा ३के सम्मको रिजोल्युसनका साथ अपग्रेड गरिएका डिस्प्लेहरू समावेश गरिने अपेक्षा गरिएको छ।

शाओमी प्याड ६ को क्यामेरा मोड्युल शाओमी १२ स्मार्टफोनमा रहेको क्यामेरा मोड्युल जस्तै देखिने अघिल्लो डिजाइन लीकले खुलासा गरेको छ। साथै डिस्प्लेमा १२०हर्ज/१४४हर्ज रिफ्रेस रेट हुन सक्ने र डल्बि भिजन र एचडीआर१० प्लसको लागि समर्थन प्रदान गर्ने बताइएको छ। यसमा ६७ वाटको फास्ट चार्जिङ प्रदान गर्ने १०,००० एमएएच क्षमताको डुअल–सेल युनिट ब्याट्री हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार