रियलमी जीटी३ को २४० वाट चार्जिङले ९ मिनेट ३७ सेकेण्डमै फूल चार्ज गर्ने

  • Technology Khabar | १० फाल्गुन २०७९, बुधबार

काठमाडौं ।

रियलमी जीटी ३ फेब्रुअरी २८ मा एमडब्लुसीमा अनावरण गरिने भएको छ। यद्यपी उक्त डिभाइसलाई सबै संकेतहरूले जीटी नियो ५ को विश्वव्यापी संस्करण रहेको उल्लेख गरिएको छ।

साथै सोही संस्करणमा रहेको २४० वाटको चार्जिङले थप विशेष रूपमा टिजरमार्फत सबै ध्यान तानेको छ।

जीटी३ले करिब १० मिनेट भित्र आफ्नो ४,६०० एमएएच ब्याट्री पूर्णरूपमा चार्ज गर्न सक्षम रहेको दाबी गरेको छ। वास्तवमा, यसले ९ मिनेट र ३७ सेकेन्डमा ब्याट्री पूर्ण रूपमा चार्ज गर्ने बताएको छ।

भिडियोमा ब्याट्री चार्ज प्रतिशत धेरै भन्दा धेरै छिटो बढिरहेको देखिने बताइएको छ। साथै ८० सेकेन्डमा फ्ल्याट ब्याट्रीबाट २० प्रतिशतसम्म पुग्ने बताइएको छ। चार मिनेटमा ५० प्रतिशत मार्क गर्ने यस चार्जिङलाई १०० प्रतिशत हिट गर्न लगभग ५ मिनेट चाहिने जीएसएमएरिनाले बताएको छ।

यो चार्जिङ रियलमी जीटी३ नियो ५मा उपलब्ध २४० वाटको जत्तिकै छिटो रहेको बताइएको छ। त्यसैगरी ठूलो ५,००० एमएएच ब्याट्रीको साथ १५० वाटको मोडल पनि रहेको तर जीटी३ १५०वाट मोडल सरह विश्वव्यापी रूपमा उपलब्ध हुनेछ वा छैन भनेर  उल्लेख छैन्।

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया