
काठमाडौं ।
मोबाइल वालेट नमस्ते पे सेवा आज सोमवार रातिदेखि मंगलबार बिहानसम्म अबरुद्ध हुने भएको छ।
कम्पनीले सिस्टमको डीआर ड्रिल गर्न लागेको हुँदा आज फागुन ८ गते सोमबार राती १० बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको छ।
नमस्ते पेले सेवा अवरुद्ध हुने जानकारी आफ्नो आधिकारीक ट्विटर एकाउन्टबाट दिएको हो।
कम्पनीले नमस्ते पे सिस्टमको डीआर ड्रिल गर्नुपर्ने भएकोले यहि फागुन ८ गते सोमबार राति १०:०० वजेदेखि ९ गते मंगलवार विहान ४:०० वजेसम्मको अवधिमा नमस्ते पे सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो।
“नमस्ते पे हाम्रा सबै प्रयोगकर्ताहरूलाई भरपर्दो र सुरक्षित प्लेटफर्म उपलब्ध गराउन प्रतिबद्ध छ। यो सुनिश्चित गर्न, हामी २० फेब्रुअरी २०२३, सोमबार राति, १० बजेदेखि २१ फेब्रुअरी २०२३, मंगलबार बिहान, ४ बजेसम्म डीआर (डिजास्टर रिकभरी) ड्रिल सञ्चालन गर्नेछौं,” कम्पनीले सूचनामा भनेको छ।
यसवाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ।
नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानीसहितको सहायक कम्पनीले नमस्ते पे वालेट सेवा दिँदै आएको छ।
Namaste Pay is committed to providing a reliable and secure platform for all our users. To ensure this, we will be conducting a DR (Disaster Recovery) drill on 20th February 2023, Monday night, from 10 PM to 21st February 2023, Tuesday morning, 4 AM. pic.twitter.com/DtdwbMY1hW
— Namaste Pay (@NamastePay) February 20, 2023
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार