दक्षिण कोरियाली अपरेटरहरूले आफ्ना ग्राहकहरुलाई निःशुल्क मोबाइल डाटा प्याक दिने

  • Technology Khabar | ५ फाल्गुन २०७९, शुक्रबार
दक्षिण कोरियाली अपरेटरहरूले आफ्ना ग्राहकहरुलाई निःशुल्क मोबाइल डाटा प्याक दिने
सांकेतिक तस्विर

काठमाडौं ।

दक्षिण कोरियाली अपरेटरहरूले आउँदो अंग्रेजी महिना मार्चमा आफ्ना ग्राहकहरुलाई निःशुल्क मोबाइल डाटा प्याकहरू दिने भएका छन्।

दक्षिण कोरियाली मोबाइल अपरेटरहरू एसके टेलिकम, केटी र एलजी युप्लसले मार्च महिनामा आफ्ना सबै ग्राहकहरूलाई निःशुल्क अतिरिक्त मोबाइल डाटा उपलब्ध गराउने भएका छन्।

यो पहलले बढ्दो मुद्रास्फीतिको बीचमा मानिसहरूलाई आर्थिक बोझ कम गर्न मद्दत गर्ने सरकारको अभियानलाई समर्थन गर्ने योनहाप समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

एसके टेलिकमले मार्चमा १९ वर्ष वा सोभन्दा माथिका थ्रीजी, एलटीई र फाइभजी प्रयोगकर्ताहरूलाई ३० जीबी डाटा निःशुल्क उपलब्ध गराउने छ भने केटी र एलजी युप्लसका ग्राहकहरूले यस्तै डाटा प्याकेजहरू प्राप्त गर्नेछन्।

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Prime College and InternSathi partner to strengthen student career development

  • Technology Khabar
  • ५ फाल्गुन २०७९, शुक्रबार