भारतीय मूलका अमेरिकन नील मोहन यूट्यूबको नयाँ सीईओ बन्ने, को हुन् मोहन?

  • Technology Khabar | ५ फाल्गुन २०७९, शुक्रबार
भारतीय मूलका अमेरिकन नील मोहन यूट्यूबको नयाँ सीईओ बन्ने, को हुन् मोहन?

काठमाडौं ।

भारतीय मूलका अमेरिकन नील मोहन भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्यूबका नयाँ सीईओ बन्ने भएको छन्। यूट्यूबका सीईओ सुसान वोज्सिकीले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। नील मोहनले सुसान वोज्सिकको स्थान लिने छन्। नील मोहन हाल यूट्यूबका चीफ प्रोडक्ट अफिसर हुन्। उनी लामो समयदेखि सुसान वोज्सिकीको सहयोगीका रुपमा लामो समयदेखि काम गरिरहेका थिए।

नील मोहन अब माइक्रोसफ्टका सीईओ सत्या नडेला, एडोबका सीईओ शान्तनु नारायण र अल्फाबेटका सीईओ सुन्दर पिचाई सहित अमेरिकामा आधारित कम्पनीमा भारती मूलका सीईओको सूचीमा सामेल भएका छन्।

को हुन् नील मोहन?

नील मोहनले स्ट्यनाफोर्ड यूनिभसिटीबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक गरेका छन्। सन् २००७ मा डबलक्लिक अधिग्रहणसँगै मोहन गुगलमा कार्यरत छन्। मोहनलाई सन् २०१५ मा यूट्यूबको चिफ प्रोडक्ट अफिसरको रुपमा नियुक्त गरिएको थियो। उनले यूट्यूबको चिफ प्रोडक्ट अफिसरको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै शर्ट्स, म्यूजिक र सब्सक्रिप्शनमा फोकस गरे। नील मोहनले माइक्रोसफ्टमा पनि काम गरिसकेका छन्।

यस महत्वपूर्ण मिशनलाई जारी राख्नका लागि उत्साहित छु र अर्को नयाँ भविष्यको आधा गरिरहेको उनले बताए। उनले ट्वीटमा लेखे, ‘धन्यवाद, सुसान वोज्सिकी, वषौंदेखि तपाईसँग काम गर्न पाउँदा रोमान्जित भएको छु। तपाईले यूट्यूब क्रेटर र भ्यूअरका लागि असाधारण घर बनाइदिनु भएको छ। यस महत्वपूर्ण मिशन जारी राख्नका लागि उत्साहित छु।’

सुसान वोज्सिकीको राजीनामा

टिकटक तथा फेसबुक रिल्सलगायत शर्ट फर्म भिडियो सेवा र नेटफ्लिक्स लगायट स्ट्रिमिङ सेवासँगको प्रतिस्पर्धाका कारण यूट्यूबको विज्ञापन राजश्व लगातार दोस्रो त्रैमासिकमा गिरावट आएको छ। सुसान वोज्सिकीले पत्र लेखेर आफ्नो राजीनामाको घोषणा गरेकी हुन्। जीवनको नयाँ अध्याय शुरु गर्न गइरहेको उनीले बताइन्। उनी आफ्नो परिवार, स्वास्थ्य र निजी परियोजनामा काम गर्नेछिन्।

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Best corporate & dedicated internet provider in Nepal: why businesses are choosing Classic Tech in 2026

  • Technology Khabar
  • ५ फाल्गुन २०७९, शुक्रबार