
काठमाडौं ।
गत हप्ता क्रिप्टो बजारमा उच्च अस्थिरता देखिएपछि यससाता अधिकांश क्रिप्टोकरेन्सीहरूको मूल्यमा पुन: प्राप्ति भइरहेका छन्। सबैभन्दा मूल्यवान क्रिप्टोकरेन्सी, बिटक्वाइनले बलियो वृद्धि देखेको छ। पछिल्लो एक दिनमै यसको मूल्य १,८५३ अमेरिकी डलरले बढेर बिटक्वाइनको मूल्य २३,९५३ डलर पुगेको थियो।
बिटक्वाइनको बिहीबारको मूल्यले ६ महिनाको उच्च स्तरलाई छोएको छ। किनभने लगानीकर्ताहरूले आर्थिक दृष्टिकोणमा विश्वास प्राप्त गरे र क्षेत्रको नियामक छानबिनको बारेमा चिन्तालाई खारेज गरेसँगै इक्विटी र अन्य तुलनात्मक रूपमा जोखिमपूर्ण सम्पत्तिहरूसँग उच्च वृद्धि भएको बताईएको छ।
बिहीबार विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी अधिकतम २४,८९५ डलरसम्म पुगेको छ, जुन अगस्ट २०२२ यताकै उच्च हो, बुधवारको मूल्यमा यसले ९.५ प्रतिशत जम्प गरेको छ। यो पछिल्लो समय २४,४०० डलरमा थियो।
दोस्रो ठूलो क्रिप्टोकरेन्सी ईथर ३.४० प्रतिशतभन्दा बढी बढ्यो। क्रिप्टो मूल्य ट्र्याकरका अनुसार, ईथरको मूल्य १,६५१ डलर थियो। पछिल्लो एक दिनमा यसको मूल्य १०३ डलरले बढेको छ।
यसबाहेक बाइनान्स क्वाइन, रिपल, कार्डानो, पोलिगन र सोलानाको मूल्यसमेत बढेको छ। पछिल्लो एक दिनमा क्रिप्टोको बजार पुँजीकरण ८.६० प्रतिशतले बढेर १.१२ ट्रिलियन डलर पुगेको छ।
क्वाइनडीटीएक्सको अनुसन्धान अनुसार, “अमेरिकाको उपभोक्ता मूल्य सूचकांकले जनवरीमा मूल्यहरू लगभग ०.५ प्रतिशतले बढेको सुझाव दिएको छ। यो अर्थशास्त्रीहरूले गरेको ०.४ प्रतिशतको प्रक्षेपणभन्दा अलि बढी हो। अमेरिकी श्रम विभागले वर्षको आधारमा मुद्रास्फीति दर ६.४ प्रतिशत रहेको बताएको छ। यसले अमेरिकामा केही महिनादेखि मुद्रास्फीति घट्दै गएको सङ्केत गर्छ। म्याक्रो इकोनोमिक अवस्थामा सुधारसँगै मुद्रास्फीतिको तथ्याङ्कपछि क्रिप्टो बजार राम्रोसँग उकालो लागेको छ।”
गत वर्षको अन्त्यमा प्रमुख क्रिप्टो एक्सचेन्जहरू मध्ये एक, एफटीएक्सको दिवालियापनले बजारमा ठूलो प्रभाव पारेको थियो। जसका कारण ठूलो संख्यामा लगानीकर्ताले क्रिप्टोकरेन्सीबाट आफूलाई टाढा राखेका थिए ।
जसमा एफटीएक्सको सफ्टवेयर परिमार्जन गरेर ग्राहकको कोष प्रयोग गरिएको थियो। एक्सचेन्जका प्रमुख इन्जिनियरले एफटीएक्स संस्थापक साम बैंकम्यान फ्राइडको फर्म अल्मेडा रिसर्चलाई उधारोमा दिएको पैसामा घाटा भएपनि आफ्नो सम्पत्ति बेच्न अनुमति दिन कोड परिवर्तन गरेका थिए।
स्मरणरहोस् नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध रहेको छ। जहाँ प्रहरीले समय समयमा कारोबारीलाई पक्राउ गर्दै आएको छ।
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार