इलेक्ट्रिक कार बनाईरहेको शाओमीले बल्ल सवारी साधन निर्माणको स्वीकृति प्राप्त गर्दै

  • Technology Khabar | ४ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ।

शाओमीले आफ्नो इलेक्ट्रिक कार प्रोजेक्टमा केही गम्भीर समस्याहरूको सामना गर्नुपरेको छ। कम्पनीले उत्पादन इजाजतपत्र प्राप्त गर्नको लागि समस्याहरू झेल्नु परेको रिपोर्टहरुमा उल्लेख गरिएको छ।

पछिल्ला दुई वर्षमा नयाँ कम्पनीहरूको आगमन पश्चात चिनियाँ सरकारले इलेक्ट्रिक कार निर्माताहरूको लागि आवश्यकताहरू बढाएको बताइएको छ।

चीनमा कार निर्माण व्यवसाय सुरु गर्न चाहने कुनै पनि कम्पनीलाई विशेष इजाजतपत्र आवश्यकता पर्ने उल्लेख छ। ईभीको आगमनसँगै उक्त इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्न केही हदसम्म सजिलो हुन गएको थियो। तर एक बिन्दुमा पुगेर चीनसँग सरकारबाट वित्तीय सहायता प्राप्त गरेका दशौंको संख्यामा रहेका नयाँ कम्पनीहरू अन्ततः पतन हुने र हराउन पुगेको बताइएको छ।

शाओमीले पुरानो नियमहरू अन्तर्गतको आफ्नो उत्पादन लाइसेन्सको लागि आवेदन दिन ढिलाई गरेको हुनाले कम्पनी अहिले नयाँ सुधारहरुमा फसेको र उक्त नयाँ नियमहरूले स्पष्ट रूपमा कम्पनीलाई केही गम्भीर समस्याहरूमा पारिरहेको बताइएको छ। उक्त संघर्षमा शाओमी मात्रै एक्लै नभएर अन्य ईभी अटोमेकरहरूले पनि सोही प्रकारको अवस्थाको सामना गरिरहेको र उक्त समस्याको लागि रचनात्मक समाधानका साथ आएका उल्लेख गरिएको छ।

अर्को चिनियाँ इभी कम्पनी निओले आफ्नै कारहरू निर्माण नगरेतापनि निर्माण लाइसेन्स भएको जेएसीसँग सम्झौता गरी कारहरू निर्माण गर्ने गरेको छ। त्यसैगरी लि अटोले उत्पादन अनुमतिपत्र भएको लिफाङ टेक्नोलोजीलाई टेकओभर गरेको बताइएको छ। साथै सन् २०२० मा एक्सपेङले गुआङडोङ्ग फोडेलाई त्यही कारणले लिएको तर अब गौन्झाउमा आफ्नै कारखानाका लागि लाइसेन्स प्राप्त भएको उल्लेख गरिएको छ।

पर्खेर थप ढिलाइको जोखिम लिनु भन्दा शाओमीले पनि सोही प्रकारको प्रक्रिया अपनाउने निर्णय गरि गत वर्षको नोभेम्बरमा दिवालिया भएको निष्क्रिय जर्मन कम्पनी बोर्गवार्डलाई अधिनमा लिएको बताइएको छ। यद्यपी बोर्गवार्ड अझै पनि सवारी साधन निर्माणको लागि प्रमाणित रहेको र यस अधिग्रहण मार्फत शाओमीलाई अब इजाजतपत्रमा समस्याहरू नहुने उल्लेख छ।

आफ्नो अटो व्यवसायको विकास गर्न ४१.५ बिलियन डलर प्रतिबद्धता जाहेर गरेको शाओमीले वास्तविक उत्पादन अनुमति बिना नै बेइजिङ स्थित आफ्नो कारखानामा ३ लाख युनिट भेहिकल निर्माण गरिरहेको छ।

शाओमीले आफ्नो कारखाना दुई चरणमा निर्माण गर्ने योजना बनाएको छ। सन् २०२४ मा पूरा हुने पहिलो चरणमा १ लाख ५० हजार युनिट उत्पादन गर्ने र २०२६ सम्ममा दोस्रो चरणले अर्को १ लाख ५० हजार थप्ने बताइएको छ।

शाओमीको पहिलो इलेक्ट्रिक कार र त्यसको डिजाइन पहिले नै लीक भइसकेको छ। कम्पनीले पहिले त्यसलाई अस्वीकार गर्ने प्रयास गरे तापनि पछि गएर उक्त इलेक्ट्रिक कारको तस्विरहरू लीक गर्ने आपूर्तिकर्तासँग शाओमीले क्षतिपूर्ति मागेको समाचार यसअघि नै सार्वजनिक भईसकेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार