ईयुद्वारा सन् २०३५ देखि इलेक्ट्रिक बाहेकका गाडीको बिक्रीमा प्रतिबन्ध

  • Technology Khabar | ४ फाल्गुन २०७९, बिहीबार
ईयुद्वारा सन् २०३५ देखि इलेक्ट्रिक बाहेकका गाडीको बिक्रीमा प्रतिबन्ध

काठमाडौं ।

युरोपेली संंसदले मंगलबार फेब्रुअरी १ मा पारित गर्दै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ईयुले औपचारिक रुपमा सन् २०३५ देखि कम्बुस्टन इन्जिन सवारीको बिक्रीमा प्रतिबन्ध लगाउने कानून अनुमोदन गरेको टेस्लाराटीले उल्लेख गरेको छ।

गत २०२२ जुन ८ मा युरोपको ससंदले सन् २०३५ पछि ईयू राष्ट्रहरुमा जैविक इन्धनबाट सञ्चालन हुने सबै सवारी साधन बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। संसदको बहुमतले यो निर्णय पारित गरेको हो।

यसको पक्षमा ३४० भोट, विपक्षमा २७९ भोट, र २१ अनुपस्थितिको मतमा कानून अनुमोदन भएको हो। यो कानूनले ईयुको जलवायु लक्ष्यहरू अनुरूप नयाँ कार र भ्यानहरूको लागि नयाँ पर्फमेन्स स्ट्यान्डर्डमा जोड दिनेछ।

नयाँ ईयु कानून अनुसार सन् २०३५ सम्म सबै कार निर्माताहरूले नयाँ कारहरूको लागि कार्बन डाईअक्साइड उत्सर्जनमा १०० प्रतिशत कटौती हासिल गर्न आवश्यक छ। अब ईयुका २७ सदस्य देशमा २०३५ पछि नयाँ ग्यास वा पेट्रोल–इन्धनमा आधारित कार तथा भ्यान बिक्री गर्न पाइने छैन।

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार