
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको सेवामा प्रश्न उठाउँदै स्पष्टिकरण माग गरेको छ। प्राधिकरणले आज (फागुन ३ गते) नेपाल टेलिकमलाई पत्र पठाउँदै सेवा सम्बन्धमा स्पष्टिकरण माग गरेको हो।
नेपाल टेलिकमको आज बिहान पनि सेवामा समस्या देखिएको थियो। विगत केही समयदेखि नेपाल टेलिकमको सेवा कमजोर बन्दै गइरहेको छ। यस्तै गत माघ ३ गते पनि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको थियो।
तत्कालिन समयमा कम्पनीका केही उपकरणमा प्राविधिक समस्या देखिएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकमले विज्ञप्तिमार्फत जानकारी गराएको थियो।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणको पत्रमा नेपाल टेलिकमलाई सेवा किन बारम्बार अवरुद्ध हुन्छ, यसको जानकारी गराउन र कसरी समस्या समाधान हुन्छ भनेर प्रश्न गरिएको छ।
साथै प्राधिकरणले निर्देशक विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति पनि गठन गरेको छ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार