
काठमाडौं ।
काठमाडौं, ११ साउन । मोबाइल फोन प्रयोगकर्ताहरु फोन चलाउँदा चलाउँदै तातेर हैरान हुनु कुनै नौलो विषय होईन् । कतिपय बेला फोन अधिक तातेर मोबाइल फोन नै पडकिने संभावना पनि रहेको हुन्छ । यस्तो बेलामा निकै होसियार हुनुपर्ने हुन्छ ।
तर तपाईँले मोबाइल फोनलाई तात्नै नहिने वा अधिक तात्नबाट रोक्न सकिने विभिन्न उपायहरु रहेका छन् । केहि सामान्य लाग्ने किसिमका उपायहरु अपनाउँदा तपाईँले फोन तात्ने समस्याबाट मुक्त पाउन सक्नुहुनेछ ।
मोबाइल फोन तातेर ब्याट्री छिटै सकिने स्मार्टफोन ह्याङ हुने एप्स चलाउँदा समस्या अाउने गरेका छन् । फोनको तापक्रम यूजर्सले कसरी मोबाइलको प्रयोग गर्छ भन्नेमा निर्भर हुन्छ ।
अझ अहिले गर्मीको मौसममा फोन झनै तात्ने हुँदा यस्तो समस्याबाट बच्ने केहि उपायहरु यस्ता छन् ।
एप्स र सर्भिस बन्द गर्ने
मोबाइलमा रहेका एप्स ब्याकग्राउण्डमा चलिरहेका छन भने त्यसलार्इ बन्द गर्ने । त्यसैगरि फोनको ब्लूटूथ, एलटीई, वाईफाई र जीपीएस प्रयोग नभएको अवस्थामा बन्द गर्ने । यी एप्स र सर्भिस खुल्लै राखिएमा फोनको सिस्टम अधिक चल्ने भएकाले फोन छिटै तात्छ ।अधिक क्षमताका एप्स धेरै प्रयोग गरेपछि तुरुन्तै अन्य एप प्रयोग नगर्ने ।
मोबाइल कभर नराख्ने
स्मार्टफोन प्रयोगकर्ताले फोनको सुरक्षाका लागि कभर लगाउने गरेका छन् । गर्मीको मौसममा घाममा हिड्नु परेमा फोनको कभर झिकेर बोक्नुपर्दछ। कभरले फोनमा बाहिरबाट हावा प्रवेश गर्नबाट रोक्छ र फोन छिटै तात्दछ। त्यसैले मोबाइलमा कभर नै नराख्ने वा पछिल्ला दिनहरुमा बजारमा उपलब्ध ‘कुल कभर’ हरु मात्र प्रयोग गर्ने ।
डिभाइसहरुलाई छुट्टै राख्ने
गर्मीको समयमा तपाईसँग दुईवटा डिभाइस छ भने त्यसलाई सँगै राख्नु हुँदैन । दुई डिभाइसलाई एकै स्थानमा राखिएमा एकअर्काको सम्र्पक्रमा तापक्रम छिटो बढ्छ । धेरै मानिसहरुले ब्याअप र मोबाइलसँग राख्ने गरेका छन् । यस्तो गरिमा पनि मोबाइबल फोन सेलाउन पाउँदैन ।
घाममा फोन नचलाउने
सिधै घाममा बसेर फोन चलाउँदा फोन छिटै तात्छ । त्यसैले घामको प्रत्यक्ष सम्पर्कमा आउने स्थानमा सकभर फोनको प्रयोग कम गर्ने । त्यसैगरि फोनलार्इ अधिक तातो हुने स्थानहरुमा नराख्ने ।
चार्जबाट झिक्ने बित्तिकै नचलाउने
फोन चार्जमा भएको बेला निकै तात्छ । अझ फास्ट चार्ज प्रविधि भएको फोन चार्जमा राख्दा अधिक तात्छ । त्यसैले, फोनलार्इ चार्जबाट झिक्ने बित्तिकै फोनको प्रयोग गर्दा झनै छिटो तात्छ ।
फोनमा गेम धेरै नखेल्ने
अन्य कार्यको तुलनामा फोनमा गेम खेल्दा फोन छिटै तात्छ । भिडियो हेर्दा, गीत सुन्दा भन्दा गेम खेल्दा फोनको तापक्रम बढ्नेका साथै ब्याट्रि पनि छिटो सकिन्छ । त्यसैगरि अधिक क्षमताका एप्स चलाएपछि फोनलार्इ केहि समय आराम दिने ।
फोनलार्इ लामो समय गोजीमा नराख्ने
अधिकांशले मोबाइल फोन गोजीमा राख्ने गरेका छौं । घर वा अफिसमा बस्दा फोन खुल्ला ठाउँमा राख्नुपर्छ । फोन खल्तीमा राख्दा शरिरको तापक्रम फोनको सम्पर्कमा आउँछ भने गोजीमा हावा जान नसक्ने हुँदा फोन तात्छ ।
यदि तपार्इँले माथि उल्लेखित सामान्य उपायहरु मात्र अपनाउनुभयो भने पनि तपार्इले फोन तात्ने समस्याबाट मुक्ति पाउनुहुनेछ ।
प्रकाशित: ११ श्रावण २०७४, बुधबार