एप्पलको नयाँ आईम्याक २०२३ मा अल्टिमेट पावरको लागि एम३ चिप प्रयोग गरिने

  • Technology Khabar | २ फाल्गुन २०७९, मंगलवार
एप्पलको नयाँ आईम्याक २०२३ मा अल्टिमेट पावरको लागि एम३ चिप प्रयोग गरिने

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ आईम्याकको अनावरणलाई २०२३ को अन्त्यसम्मका लागि धकेल्दै लन्च गर्न केही ढिलाई गरिरहेको छ।

टेक जायण्टले आफ्नो नयाँ आईम्याक प्रो मा एम२ चिपलाई समावेश गर्नुको सट्टा एम३ चिपको साथ फ्ल्यागशिप डिभाइस रिलिज गर्न काम गरिरहेको ब्लूमबर्गका मार्क गुर्मनले आफ्नो पछिल्लो न्यूजलेटरमा खुलासा गरेका हुन्।

यद्यपि कम्पनीबाट नयाँ आईम्याक रिलीजको सही मिति प्राप्त गर्न भने बाँकी नै रहेको र उक्त नयाँ आईम्याकको सम्भावित फिचरहरूको बारेमा थप कुनै जानकारी नभएको उल्लेख छ।

नयाँ आईम्याक २०२३ धेरै शक्तिशाली हुने

शुरुमा उक्त डिभाइसमा एम२ चिप समावेश गरिने भनी अफवाहहरू आएको थियो। तर कम्पनीले उक्त डिभाइस्लाई शक्तिशाली बनाउन चाहेको बताइएको छ। अब कम्पनीले आफ्नो योजनामा परिवर्तन गरेर एम३ चिप ल्याउने भएको हो। साथै टीएसएमसीले आफ्नो नविनतम ३ एमएम प्रक्रियामार्फत एप्पलको लागि एम३ चिप विकास गर्ने उल्लेख गरिएको छ।

अन्ततः प्रयोगकर्ताहरूले नयाँ आईम्याक २३ मा उर्जा दक्षता र पर्फमेन्स सुधारहरूको आनन्द लिन सक्ने बताइएको छ। त्यसैगरी नयाँ म्याकबुक एयरमा पनि सोही एम३ चिप प्रयोग गर्ने अपेक्षा गरिएको र यो चालू वर्षको दोस्रो भागमा बजारमा आउने बताइएको छ। साथै सोही एम३ चिप भविष्यको म्याकबुक र म्याक मिनीमा पनि समावेश गरिने उल्लेख गरिएको छ।

एम २ चिप टीएसएमसीको सेकेण्ड–जेनेरेसन ५एनएम प्रक्रियामार्फत निर्माण गरिएको थियो। यसअघि कम्पनीले आफ्नो आईम्याकमा एम १ चिपको साथ २०२१ मा रिलिज गरेको थियो।

एप्पलले आफ्नो इन्टेलमा आधारित २७ इन्च आईम्याक र आईम्याक प्रो बन्द गरेपश्चात अहिले स्टोरहरुमा उपलब्ध हुने भनेको यही आईम्याक मात्र हो। ठूलो आईम्याक बजारमा पुन फिर्ता आउनसक्ने सम्भावना रहे तापनि तिनीहरूको बारेमा कुनै समाचार नभएको गुर्मानले बताएका छन्।

प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार