एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ५४ निकायहरूमा पूर्णरूपमा सञ्‍चालन

  • Technology Khabar | २९ माघ २०७९, आईतवार
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ५४ निकायहरूमा पूर्णरूपमा सञ्‍चालन

काठमाडौं ।

कागजरहित सरकारको प्रवर्द्धन गर्न १५ निकायले सरकारी निकाय सञ्चालन सम्बन्धी एकीकृत विद्युतीय प्रणाली अन्तरगत एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) सञ्चालन ल्याएको अर्थ मन्त्रालयले जनाएको छ।

सूचना तथा संचार सम्बन्धि समिक्षा गर्दै मन्त्रालयले सो जानकारी दिएको हो।

तर एकीकृत कार्यालय व्यवस्थापन प्रणाली हालसम्म सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका सबै विभागहरूमा कार्यान्वयनमा आएको उल्लेख छ।

संचार मन्त्रालयले सार्वजनिक गरेको अर्ध वार्षिक समिक्षा प्रतिवेदनअनुसार संचार मन्त्रालय र अन्तर्गतका सबै विभागहरूमा कार्यान्वयनमा रहेको छ भने उक्त प्रणालीमा हालसम्म ५४ निकायहरू आबद्ध भइसकेका छन्।

यसका साथै २८ निकायहरूले पूर्णरूपमा सञ्‍चालनमा ल्याइसकेका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्ध वार्षिक समिक्षा प्रतिवेदनअनुसार हालसम्म १५ निकायहरुले उक्त प्रणाली संचालन गरेको लेखिएको छ।

कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न सरकारले चालू आवको बजेटमार्फत एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेको थियो।

सूचना प्रविधि विभागको तथ्यांकअनुसार एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा हालसम्म ५४ कार्यालयहरु सहभागी छन भने २० हजार ३ दर्ता ४ हजार २६५ चलानी र १ हजार २१० टिप्पणीहरु राखिएका छन्।

प्रकाशित: २९ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...