ताजा समाचार

नविकरण प्रक्रिया अघि नबढाएको भन्दै दूरसञ्चार नियामकद्वारा प्रभु डिजिट र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज

नविकरण प्रक्रिया अघि नबढाएको भन्दै दूरसञ्चार नियामकद्वारा प्रभु डिजिट र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले नविकरण प्रक्रिया अघि नबढाएको दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले नविकरण प्रक्रिया अघि नबढाएको भनेर प्रभु डिजिट र एलएनटी इन्फोटेकको लाइसेन्स खारेज गरेको हो।

प्रभु डिजिटल काठमाडौं र एलएनटी इन्फोटेक कास्कीको कम्पनी हो।

प्रभु डिजिटिलले अनुपतिपत्र अनुमतिपत्र नं. फि.ज १.१२१) र एलएनटी इन्फोटेक अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज १.१२२) नविकरणका लागि नियमाअनुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार एने, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख छ।

नियमानुसार तिर्न/बुझाउनु पर्ने रकम सूचना जारी भएको मितिले ३० दिन भित्र तिर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। बक्यौता रकम नबुझाए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ।

Sajilo Visa
easy care