
काठमाडौं ।
सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइ हब प्रा.लि ले एन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ। अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन१०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो।
एन१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो जसले सवारी चालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्दछ ।
सेगवेले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्दैछ।
कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुने जानकारी दिएको छ । सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवे मार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुने जनाएको छ।
सेगवे नाइनबट एन१००को बारेमाः
सेगवे नाइनबटको एन१०० ७२ ईलेक्ट्रिक मोटरसाइकल हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । एन१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ।
यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, जसमा मोबाइल अनुप्रयोग मार्फत स्वचालित अनलक गर्ने वा स्कुटर पोजिसन गर्ने जस्ता कार्यहरुको लागि धेरै सेन्सरहरु छन् ।
थप रुपमा, यसले रमाइलो सवारी अनुभवको लागि सहज र आरामदायी सिट समावेश गरिएको छ । बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरुको अलावा, यो आकारमा ठूलो छ र सिट मुनि पर्याप्त ठाउँ छ।
समग्रमा, सेगवे नाइनबट एन१०० एक सुविधाजनक ईलेक्ट्रिक स्कुटर हो जुन शहरी छोटो यात्राको लागि उपयुक्त भएको दाबी छ।
प्रकाशित: २७ माघ २०७९, शुक्रबार