अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गर्ने पक्राउ

  • Technology Khabar | २७ माघ २०७९, शुक्रबार
अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गर्ने पक्राउ

काठमाडौं ।

अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ।

प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Prime College and InternSathi partner to strengthen student career development

  • Technology Khabar
  • २७ माघ २०७९, शुक्रबार